पेरिस ओलम्पिकको पदकहरूमा एफिल टावरको टुक्रा

IMG-20240210-WA0094.jpg

नयाँ दिल्ली: पेरिस ओलम्पिक र प्यारालम्पिक खेलहरूका आयोजकहरूले पदकहरूका अनावरण गरेका छन्। यी खेलहरूमा पदक जित्ने खेलाड़ीहरूले प्रतिष्ठित एफिल टावरको एक टुक्रा घर लैजानेछन्। पेरिस ओलम्पिकका आयोजकहरूले एउटा भीडियो शेयर गरेका छन्। पदकको एउटा हिस्सा एफिल टावरको टुक्राले बनाइएको छ। पेरिस ओलम्पिक खेलहरूका आयोजन यस साल २६ जुलाईदेखि ११ अगस्तसम्म जबकि प्यारालम्पिक खेलहरू २८ अगस्तदेखि ८ सेप्टेम्बरसम्म हुनेछ। सालको सबैभन्दा ठूलो खेल आयोजनहरूका निम्ति जम्मा ५०८४ वटा पदक बनाइएको छ। पदकमा १८ ग्रामको हेक्सागन टोकन रहेको छ, जून अतीतमा स्मारकको नवीनीकरणको अवधि एफिल टावरबाट निकालिएको फलामद्वारा बनाइएको छ। यी पदकहरूलाई चौमेट ज्वेलरले डिजाइन गरेको हो।
मार्टिन फोरकेडको अध्यक्षतामा पेरिस २०२४ एथलीट आयोगले ओलम्पिक खेलहरूका निम्ति पदकहरूमाथि विचार गर्न एउटा समितिको गठन गरेको थियो। एउटा बयानमा भनिएको छ, फ्रान्स र पेरिसको प्रतिष्ठित स्मारक, एफिल टावरलाई खेलहरूका सबैभन्दा प्रतिष्ठित वस्तु पदकमा सामेल गर्नु हाम्रो निम्ति एउटा स्पष्ट विकल्प थियो। प्यारालम्पिक पदकहरू मुनि एफिल टावरको दृश्य देखिन्छ, जसमा ब्रेल लिपिमा पेरिस २०२४ अंकित छ। यसरी फ्रान्सीसी लेखक लुई ब्रेललाई श्रद्धाञ्जलि दिने काम गरिएको छ।
ओलम्पिक पदकको दोस्रो पक्षले ग्रीसमा खेलहरूका पुनर्जन्मको कहानीलाई दर्शाउँछ। साल २००४-देखि पदकहरूका एउटा पारम्परिक विशेषता छ। जीतकी देवी एथेना नाइकलाई अग्रभूमिमा दर्शाइएको छ, जुन १८९६-मा ओलम्पिक खेलहरूका पुनरुद्धारको गवाही बन्ने पेनाथेनिक स्टेडियमबाट निस्किन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *