सम्मान हासिल गर्ने कोशिश नगरेर अर्जित गर्नु पर्छः एमएस धोनी

IMG-20240210-WA0085.jpg

मुम्बई: भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीले बताएअनुसार, आफ्नो कामले खेलाड़ीहरूका सम्मान र निष्ठा अर्जित गर्नु नै नेतृत्वको महत्त्वपूर्ण हिस्सा हो। आफ्नो कप्तानी अनि खेलाड़ीहरूलाई कौशलको आधारमा प्रयोग गर्ने योग्यताको बुतामा धोनीले भारतलाई दुईवटा वर्ल्ड कप र एउटा च्याम्पियन्स ट्रफी खिताब दिलाएका थिए। यसबाहेक उनकै कप्तानीमा भारत पहिलोपल्ट आईसीसी टेस्ट ऱ्याङकिंगको शीर्षमा पनि पुगेको थियो। धोनीले शुक्रवार एउटा कार्यक्रममा भने, निष्ठाको सम्मानसँग गहिरो सम्बन्ध छ। टीमको ड्रेसिंग रूममा पनि सहयोगी स्टाफ र खेलाड़ीहरूका निष्ठा हासिल नभएसम्म तपाईंलाई उनीहरूबाट सम्मान प्राप्त हुनेछैन। तपाईंले के बोलिरहनु भएको छ भन्ने महत्त्वपूर्ण नभएर तपाईंले के गरिरहनु भएको छ भन्ने महत्त्वपूर्ण हुन्छ। तपाईंले केही नबोले पनि तपाईंको आचरणले तपाईंलाई त्यो सम्मान दिलाउन सक्छ।
धोनीले भने, एकजना नेतृत्वकर्ताले सम्मान बोलेर होइन, आफ्नो कामले अर्जित गर्छन्। एकजना नेतृत्वकर्ताको रूपमा सम्मान अर्जित गर्नु महत्त्वपूर्ण रहेको मलाई सदा अनुभव भयो कारण यो कुर्सी या पदको साथ आउँदैन। यो तपाईंले आचरणबाट आउँछ। धेरैपल्ट मानिसहरू असुरक्षित हुन्छन्। धेरैपल्ट टीमले तपाईंलाई विश्वास गरे पनि तपाईंलाई आफूमाथि नै भरोसा हुँदैन। संक्षिप्तमा भन्नु पर्दा सम्मान हासिल गर्ने कोशिश नगरेर यसलाई अर्जित गर्ने कोशिश गर्नु पर्छ कारण यो स्वाभाविक कुरा हो। एकपल्ट तपाईंसँग पूरा टीमको निष्ठा रहे प्रदर्शन पनि आउँछ। यसको निम्ति तपाईंले ड्रेसिंग रूममा सबै खेलाड़ीहरूलाई बुझ्नु जरूरी छ, जसमा उनीहरूका ताकत र कमजोरी सामेल छ। कति खेलाड़ीलाई दबाउ मन पर्छ भने कतिलाई मन पर्दैन। एकजना व्यक्तिको मजबूत र कमजोर पक्ष थाहा हुनु महत्त्वपूर्ण हुन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *