वनडेमा दोहोरो शतक लगाउने पहिलो श्रीलंकाई बने पथुम निसांका

IMG-20240210-WA0080.jpg

नयाँ दिल्ली: श्रीलंकाका ओपनिंग ब्याटर पथुम निसांकाले इतिहास रचे। उनी श्रीलंकाको तर्फबाट वनडे इण्टरनेशनल क्रिकेटमा दोहोरो शतक (डबल सेञ्चुरी) लगाउने पहिलो खेलाड़ी बने। उनले शुक्रवार अफगानिस्तान विरुद्ध पल्लेकल इण्टरनेशनल स्टेडियममा खेलिएको पहिलो वनडे म्याचमा एकाधिक रेकर्ड बनाए। पच्चीस वर्षीय निसांकाले १३९ बल खेलेर १५१-को प्रभावशाली स्ट्राईक रेटले ब्याटिंग गर्दै अविजित २१० रन बनाए। उनले आफ्नो ईनिंग्समा २० वटा चौका र ८ वटा छक्का लगाए। यसरी निसांकाले बनाएको अविजित २१० रन वनडे इण्टरनेशनल क्रिकेटको इतिहासमा कुनै पनि श्रीलंकाई खेलाड़ीको सर्वोच्च व्यक्तिगत स्कोर हो। यसअघि यो रेकर्ड पूर्व क्रिकेटर सनथ जयसूर्याको नाममा रहेको थियो, जसले २०००-मा भारत विरुद्ध १८९ रन बनाएका थिए। यसरी उपुल थरंगाले पनि भारत विरुद्ध नै २०१३-मा अविजित १७४ रन बनाएका थिए। यसको साथमा निसांकाले वनडे इण्टरनेशनल क्रिकेटको इतिहासमा तेस्रो सबैभन्दा तेज दोहोरो शतक बनाए। उनले १३६ बलमा दोहोरो शतक पूरा गरे। यस सूचीमा भारतका ईशान किशन शीर्षमा छन्, जसले बंग्लादेश विरुद्ध केवल १२६ बलमा दोहोरो शतक बनाएका थिए। यसरी ग्लेन म्याक्सवेलले गत वर्ष भारतमा भएको वनडे वर्ल्ड कपमा अफगानिस्तान विरुद्ध १२८ बलमा दोहोरो शतक बनाएका थिए। यस सूचीमा वेष्ट इण्डिजका क्रिस गेल (जिम्बाब्वे विरुद्ध १३८ बलमा) चौथो र विरेन्द्र सहवाग (वेष्ट इण्डिज विरुद्ध १४० बलमा) पाँचौं स्थानमा रहेका छन्। उल्लेखनीय छ, वनडेमा पहिलो दोहोरो शतक भारतका महान ब्याटर सचिन तेन्दुलकरले बनाएका थिए। उनले २४ फरवरी २०१०-मा दक्षिण अफ्रिका विरुद्ध अविजित २०० रन बनाएका थिए। समग्रमा अहिलेसम्म वनडे इण्टरनेशनलमा १३ पल्ट दोहोरो शतक बनिसकेको छ। भारतका रोहित शर्मा एक्लैले तीनपल्ट दोहोरो शतक बनाइसकेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *