मीनुबाट डाक्टर मीनु बुधियाको यात्रा…

WhatsApp-Image-2024-02-09-at-23.08.32

मानसिक स्वास्थ्यमा अग्रगामी मानार्थ विद्यावारिधिको उपाधिबाट सम्मानित

कोलकाता: प्रतिष्ठित मनोचिकित्सक मीनु बुधियालाई मानसिक स्वास्थ्य चिकित्सा, मानसिक स्वास्थ्य शिक्षा र मनोविज्ञानको क्षेत्रमा उनको असाधारण योगदानको लागि सम्मानित मनोचिकित्सक उपाधि (मानद डाक्टरेट) प्रदान गरिएको छl उनलाई यो उपाधि नोबल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीको बाहुलीबाट प्रदान गरिएको हो। कार्यक्रममा दिएको स्वीकृति मन्तव्यमा मीनु बुधियाले एडमस युनिभर्सिटीप्रति यस प्रतिष्ठित सम्मानको लागि हार्दिक आभार व्यक्त गरेकी छिन्l

जब मीनू बुधियाले आँखा झिमिक्क गरेर एक युवा सपना देख्नेदेखि अहिलेको मानसिक स्वास्थ्य अधिवक्तासम्मको आफ्नो यात्राको बारेमा बताइन्l यति बेला उनको बोलीमा व्यक्तिगत विकास र संघर्षको भावना झल्किएको थियो। ‘१८ वर्षकी किशोरी अवस्थामा मीनु, जसको आँखामा तारा छुने सपना थियो। तीसको दशककी मीनु, जसको ज्वाला केही समयको लागि मलिन भएको थियो, अनि आजकी मीनु, जसको अन्तर्मनमा त्यो ज्वाला पूर्ण रुपले प्रज्वलित भएको छ…जुन धेरै नै परिवर्तन भएको छl’ आजीवन सिकाइ र व्यक्तिगत विकासको लागि आफ्नो अटल प्रतिबद्धता व्यक्त गर्दै मीनु बुधियाले भनिन्, ‘म जीवनको अनन्त विद्यार्थी हुँ भन्ने कुरामा म दृढ विश्वास गर्छु। हरेक दिन, हरेक अनुभवले अमूल्य पाठ सिकाउँछ जसले संसारको मेरो बुझाइ र दृष्टिकोणलाई आकार दिन्छl’ एक दशकभन्दा बढीको आफ्नो उद्यमशीलता यात्रामा उनले लाखौं मानिसको जीवनमा प्रभाव पारेका छन् जुन आज यो महत्त्वपूर्ण मान्यतामा परिणत भएको छ। ‘आज, एक प्राप्तकर्ताको रूपमा, मेरो योगदानको कदरस्वरूप यो मानार्थ डक्टरेट प्राप्त गर्न पाउँदा म विनम्रताक साथ  सम्मानित भएकी छु। यो मेरो यात्रामा मलाई समर्थन र प्रेरणा दिने सबैको सामूहिक प्रयासको प्रमाण हो’, उनले भानिन्। मीनु बुधियाले आफ्नो बाल्यकालको सपना साकार पार्न र यस धरातलमा मानव समाजका लागि केही सार्थक प्रभाव पार्ने अवसर पाएकोमा हार्दिक आभार प्रकट गरिन्।

रो ब्रह्माण्ड सञ्जय, प्रियम र प्राचीले बनेको छ’, मीनु बुधियाले आफ्नो परिवारलाई धन्यवाद दिँदै भनिन्l जसको अटल सहयोग र माया उनको यात्राभरि उनको शक्तिको स्तम्भ बनेको छ। उनकी कान्छी छोरी प्राची प्रेरणा हुन्। एडीएचडी, कम आईक्यु र बाइपोलर डिसअर्डर हो, उनैबाट मीनुले आफ्नो इकिगाई- आफ्नो उददेश्य हासिल गरिन्l उनले आफ्नो स्वर्गीय बाबुलाई पनि मायाका साथ सम्झना गर्दै यो उपाधि प्राप्त गरेकोमा खुशी व्यक्त गरिन्। ‘पापा, आज म तपाईंलाई मिस गर्दैछु। पापा! सधैं डाक्टर बन्न चाहने तपाईंको कान्छी छोरी आज डाक्टरेट भएँl मलाई थाहा छ तपाईंले हेरिरहनुभएको छ। पापा, मैले तपाईंलाई गौरवान्तित पारेकी छुl’

आफ्नो उल्लेखनीय यात्रालाई फर्केर हेर्दै मीनु बुधियाले केयरिङ माइन्ड्स, आईक्यानफ्ल्याई इन्टरनेशनल स्कूल र क्याफे आईक्यानफ्लाईमा आफ्नो समर्पित टोलीहरूप्रति गहिरो कृतज्ञता व्यक्त गरिन् जसले उनको दृष्टिकोणमा आफ्नो विश्वास साझा गर्छन् र अथक रूपमा समर्पित रहन्छन्। उनी भन्छिन्, ‘मेरो पहलले अरूलाई मात्र सहयोग गरेन, यो व्यक्तिगत उपचार र वृद्धिको स्रोत पनि बन्यो। मैले जति धेरै मानिसहरूलाई निको पारें, उति धेरै आफूलाई सुधार गरें र जीवनसँग अझ गहिरो जोडिएँl’

मीनु बुधिया- जीवनको विद्यार्थी साथै जीवनभर नै विद्यार्थी

मनोचिकित्सक मीनु बुधिया धेरै भूमिकामा देखिन्छिन्- एक परामर्शदाता, लेखक, स्तम्भकार, टेडएक्स वक्ता, कोलकाता  लिटरेरी मिट वक्ता र एक विशेष आमा। मानसिक स्वास्थ्यको क्षेत्रमा अग्रगामी रहेकी उनी एक उद्यमी हुन्, जसले भारतमा सबैभन्दा प्रभावशाली पहलहरू मध्ये एक स्थापना गरेकी छिन्- केयरिङ माइन्ड्स (मानसिक स्वास्थ्य ओपीडी क्लिनिक र संस्थान)।

‘म प्रायः भन्छु, म जीवनको विद्यार्थी साथै जीवनभर नै  विद्यार्थी हुँ’, उनले भनिन्, ‘जिन्दगीले मलाई मेरा केही कठिन परीक्षाहरू पार गरायो अनि मेरो सबैभन्दा कठिन शिक्षक पनि हो। यही जीवनको पुस्तक थियो, जसले मलाई पुस्तकहरूतिर लग्यो र मलाई फेरि विद्यार्थी बनायोl’  उनले ब्रिटिश साइकोलोजिकल सोसायटी (लण्डन, युके)बाट उन्नत संज्ञानात्मक व्यवहार कौशलमा प्रमाणपत्र हासिल गरेकी छिन् अनि फिलाडेल्फिया, युएसएबाट बाल मस्तिष्क विकास पाठ्यक्रमका प्रमाणपत्र भी प्राप्त गरेकी छिन्l वर्षौंको निरन्तर यात्रामा उनले कयौं शोधपत्र पेश गरेकी छिन्, जसको शीर्षक यस्तो छ:

  • एम्टी नेस्ट सिन्ड्रोम: इट्स प्रिभिलेन्स एण्ड साइकोलोजिकल फ्याक्टर्स
  • एफओएमओः  क्याजुअल फ्याक्टर्स एण्ड साइकोप्याथोलोजी फर्मुलेशन
  • एम्टी नेस्ट सिन्ड्रोम: इट्स प्रिभिलेन्स एण्ड प्रेडिक्टर्स इन द मिडल एजेड इन ईस्टर्न इण्डिया
  • म्यानेजमेन्ट अफ चिल्ड्रेन एण्ड एडल्ट्स विथ न्यूरोडेभलपमेन्टल डिसअर्डर्स
  • आईक्यानफ्लाईः इनेबलिङ् द एबल- एक केस स्टडी
  •  द इफेक्ट अफ साइकोप्याथोलोजी अन इन्टेलेक्चुअल परफर्मेंस एमन्ग्स्ट एडीएचडी बाइज एण्ड नन क्लिनिकल कन्ट्रोल ग्रुप
  • प्री एण्ड पोस्ट इन्टरभेन्सन एनालिसिस अफ चिल्ड्रेन विथ लो आईक्यू एण्ड एडीएचडी

बेल्ले भ्यू क्लिनिक, सेन्ट जेभियर्स कलेज र जेडी बिरला इन्स्टिच्युटमा मनोचिकित्सक र परामर्शदाता पनि भइन्। मीनु बुधियाका लागि उदाहरणको रूपमा नेतृत्व गर्नु कुनै नौलो विषय होइनl उनले एक दशक अघि पहिलो बहु-विशेषता मानसिक स्वास्थ्य ओपीडी क्लिनिक स्थापना गरिन्l जब महिनावारी स्वास्थ्य समस्याहरू लुकाएर राखिएको थियो, र कलंक नकारात्मक थियो। आज यसले २५ लाख भन्दा बढी जीवनलाई असर गरेको छ, र मानसिक स्वास्थ्यलाई सकारात्मक रूपमा चर्चा गर्न पर्याप्त जागरूकता सिर्जना गरेको छ। व्यक्तिगत रूपमा उनले आफ्नो कार्यशाला र जागरूकता वार्ताहरू मार्फत ४५ हजार भन्दा बढी मानिसहरूलाई तालिम दिएकी छिन्। उनले गत वर्ष आफ्नो पहिलो पुस्तक, एक संस्मरण ‘डेथ अफ ए क्याटरपिलर’ प्रकाशित गरिन्, अनि हालमा उनी दोस्रो पुस्तक लेख्दैछिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *