जय श्रीरामको नारा लगाउँदा क्रिस्चियन स्कुलमा नाबालिग विद्यार्थीसँग दुर्व्यवहार

IMG-20230410-WA0169-11-300x172-3

गुवाहाटी। हिन्दू संगठन कुटुम्ब सुरक्षा परिषदले असमको एउटा मिसनरी स्कूललाई कक्षा भित्र जय श्री रामको नारा लगाउने १० वर्षीय विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा कारबाही गर्न माग गरेको छ। घटना ५ फरवरीको दिन असमको सोनितपुर जिल्लाको बालीपाडा नजिकै खेलमतीको कलवरी अंग्रेजी स्कूलमा भएको बताइएको छ। विद्यालयको चौथो कक्षामा अध्ययनरत एक नाबालिग विद्यार्थीलाई पहिले कक्षा शिक्षक र त्यसपछि प्रधानाध्यापकले शारीरिक दुव्र्यवहार गरेको समाचारमा जनाइएको छ। कक्षामा ‘जय श्री राम’को नारा लगाएको नाबालिग विद्यार्थीले पछि परिवारका सदस्यहरूलाई जानकारी गराएको थियो भने संगठनले विद्यालय प्रशासनसँग घटनाको स्पष्टीकरण मागेका छन्। स्थितिलाई चारिद्वार थाना र जिल्ला प्राथमिक शिक्षा अधिकारी (डीइइओ) को टोलीले नियन्त्रण गर्दै विद्यालय व्यवस्थापनलाई यस्ता घटनाहरू नदोहोऱ्याउन आग्रह गरेको थियो। यो स्तब्ध पार्ने घटना हो भन्दै कुटुम्ब सुरक्षा परिषद्का अध्यक्ष सत्यरञ्जन बोराले बिहीबार असमका शिक्षा मन्त्री रानोज पेगुलाई पठाएको पत्रमा विद्यालयले भारतको संविधानको धारा ५१ (ए) अन्तर्गत बालअधिकार र मानवअधिकारको उल्लङ्घन गरेको बताएका छन्। बोराले पत्रमा भनेका छन्, ‘यो भारतको संविधानको धारा ५१ (एसी) को पीडादायी र स्पष्ट उल्लङ्घन हो । हिन्दू संगठनले क्रिस्चियन मिसनरीका फादर र सिस्टरहरूलाई विद्यालय वा शैक्षिक संस्थाहरूमा धार्मिक पोशाकको सट्टा सामान्य पहिरन लगाउन आग्रह गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement