कान्छो भाइको गोप्य भाग काटेको आरोपमा आसामका एक व्यक्ति अरुणाचलमा पक्राउ

10-86.jpg

कान्छो भाइको यौनाङ्ग काटेर एउटी महिलासँग आसामबाट भागेको एक व्यक्ति अरुणाचल प्रदेशमा पक्राउ परेका छन्। २९ वर्षीय प्राञ्जल रोयले आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध रहेको आशंकामा कान्छो भाइमाथि कुटपिट गरी हत्या गरेका थिए। उनलाई बुधबार अरुणाचल प्रदेशको जिरोबाट बजाली पुलिसको टोलीले पक्राउ गरेको हो। पुलिसले घटनामा संलग्न रहेको आरोपमा प्राञ्जलकी श्रीमती सरस्वती रोयलाई पनि पक्राउ गरेको छ। बजाली पुलिसले एडिशनल एसपी त्रिनयन भुइँयाको नेतृत्वमा रहेको सनसनीपूर्ण घटनाको सफलतापूर्वक समाधान गरेको बताएको छ। मृत्यु हुनेमा २४ वर्षीय धनन्जित रोय बताइएको छ। रिपोर्टका अनुसार, यो भयानक घटना दिसम्म्बरमा असमको बजाली जिल्लाको कटला पथरमा भएको थियो।
धनञ्जितको कथित प्रेम सम्बन्धलाई लिएर दुई दाजुभाइबीच झगडा भएको बताइएको छ । रिपोर्टका अनुसार आरोपी प्रान्जल रोयले धनन्जितको आफ्नी श्रीमतीसँग अफेयर रहेको आशंका गरेका थिए। रिसाएर प्रान्जलले आफ्नो भाइको गोप्य भाग ब्लेडले काटेर भागेका थिए। घटनापछि बजाली पुलिसको टोलीले घटनाको अनुसन्धान थालेपछि आरोपीलाई छिमेकी राज्य अरुणाचल प्रदेशबाट पक्राउ गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *