खरसाङ: चिया श्रमिकहरूको दैनिक हाजिरा ३५० रूपियाँ बनाई दिने भनेर भाषण दिने बीजेपी नेताले आजसम्म पनि चिया श्रमिकहरूको रोज नबडाएपछि श्रमिकहरूको मनबाट बीजेपी नेताहरूप्रति विस्वास गर्न छोड्दै गएको तृणमूल कंग्रेसको श्रमिक संगठनको सचिव सन्तोष मोक्तानले आरोप लगाएका छन्। उनले चिया बगान क्षेत्रमा उठ्न थालेको बताउँदै विगत केही समय अघि दार्जिलिङबाट बीजेपीका वरिष्ठ नेताले भोटको समयमा चिया श्रमिकहरूलाई सम्बोधन गर्दै अब चाढ़ै चिया श्रमिकहरूको रोज बडेर ३५० हुनेछ भनी भनेको तर भोट जितेको यति महिना पुगिसक्दा पनि कुनै पहल नगरेपछि श्रमिकहरू दु:खित बन्दै गएका छन् भनी बताएका छन्। मोक्तानले अहिले घरी चिया श्रमिकहरूको बिचार बुझ्न अनि उनीहरूको समस्याहरू बुझन साथै विभिन्न चिया बगानको रिपोर्ट तयार पार्दै तृणमूल कंग्रेस ट्रेड युनियनका सचिव सन्तोष मोक्तानले चिया बगानको भ्रमण गरिरहेका छन्। उनले खरसाङ क्षेत्रका विभिन्न चिया बगानहरूमा अहिले घरि बगानबाट अवकाशप्राप्त भएपछि आधार कार्डमा नाम, उमेर र जात नमिलेको कारणले गर्दा ३ सालसम्म पनि पीएफसम्म पाउन सकेका छैन् भनी श्रमिकहरूको भनाईलाई सुनी ल्याउँदा उनीहरू धेरैपल्ट खरसाङको पोस्ट अफिसको चक्कर काटी सक्दा पनि आधार कार्ड संसोधन हुन नसकेको गुनासोहरू पोखाउने गर्छ भन्दै यता बगान पक्षका अफिस कर्मचारीहरूलाई सोध खोज गर्दा आधार कार्ड नमिलेको कारणले गर्दा पीएफ नपाएको भन्ने गरेको र कतिवटा बगानमा आधार कार्ड बनाउने क्याम्प लगाएता पनि त्यहाँ जरूरतभन्दा ज्यादा पैसा उठाएको गुनासो चिया श्रमिकहरूले गरेका छन् भनी बताएका छन्। सन्तोष मोक्तानले अघि भने अनुसार यस्तो अवस्थामा मालिक पक्षबाट पनि श्रमिकहरूलाई कुनै सहयोग नभएको र यता बीजेपी सरकारले अहिलेसम्म पनि चिया श्रमिकहरूको कुनै समस्याहरूलाई समाधानतर्फ नगरेर केवल भोटको समयमा आएर झुटो आश्वासन देखाई भोट मात्र बटुलेर चिया श्रमिकहरूलाई भोट हाल्ने मशीन मात्र बनाएको गुनासोहरू पोखने गरेको बताएका छन्। उनले चिया श्रमिकहरूको न त मिनिमम वोजेस हुन्छ, न त दैनिक हाजिरा ३५० नै भयो? र यस्तो हालतमा अब बंगाल सरकारकी मुख्यमन्त्री ममता ब्यानर्जीमाथि ठूलो आशा राखेको छ भन्दै बंगालकी मुख्यमन्त्रीले नै अघि आएर चिया श्रमिकहरूको समस्याहरूलाई समाधान गरिदिन्छ भनी विस्वास स गर्न थाली सकेका छन् भनी जानकारी गराएका छन्। चिया श्रमिहरूको विषयमा तृणमूल कंग्रेस ट्रेड युनियनको सचिव सन्तोष मोक्तानले चिया बगानमा धेरै समस्याहरू छन् र हाम्रो टिम खरसाङ ब्लक तृणमूल चिया बगान श्रमिक युनियनको उप सचिव राकेश बम्जन, गौरीशंकर अध्यक्ष साजन तामाङ,सिंगेल युनिट अध्यक्ष सरन लामा, ब्लक उपाध्यक्ष सुरेन ठकुरी, पाण्डु जीपी कोअर्डीनेटर बिरेन तामाङ, टुङ सन्त मेरिज १ जीपी कोडीनेटर साङगाई तामाङ, महिला एकाई कन्भेनर रजनी गजमेर, ब्लक युवा अध्यक्ष प्रजेश लेप्चा, जीपी कोडीनेटर निसल पाखरीन अनि अन्य प्रतिनिधिलाई लिएर रिपोर्ट तयार पारीरहेको अनि चाडै कलकत्तासम्म लाने अनि राज्य सांसद शान्ता छेत्रीलाई पनि अनि बंगालकी मुख्यमन्त्रीलाई पनि बुझाउने साथै तृणमूल पार्टीको उच्च प्रतिनिधिहरूलाई पनि सबै समस्याहरूलाई लिखित रुपमा बुझाउने भनी बताएका छन्।