एसकेएम सरकारको राजनैतिक इच्छाशक्तिले अस्थायी कर्मचारीहरूले न्याय पायोः मुख्यमन्त्री प्रेमसिंह तामाङ
रम्फू: सिक्किम सरकारको कार्मिक विभागले आज रम्फू खेलमैदानमा भव्यरूपमा अस्थायी कर्मचारी भरोसा सम्मेलन सम्पन्न भयो। आजको कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथीको रुपमा उपस्थित थिए। यसै कार्यक्रममाझ विभिन्न विभागमा चार वर्ष भन्दा अधिक समयदेखि काम गरिरहेका अस्थायी कर्मचारीहरुलाई स्थायीकरण गरिने साथै पुरानो पेन्सन नीतिको अधिसूचना मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट सार्वजनिक गरियो। यो सँगै आज मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट लामो समयदेखि विभिन्न महाविद्यालयमा कार्यरत ३२ जना सह प्राध्यापकहरुलाई मुख्यमन्त्रीको बाहुलीबाट स्थायी आदेश पत्र हस्तान्तरण गरियो। आज स्थायी पत्र ग्रहण गर्ने मध्ये डा. पंकजकुमार दास सबैभन्दा लामो समय २८ वर्षदेखि अस्थायी रूपमा काम गर्दै आइरहेका थिए।
आजको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले आफू गरीबहरुलाई माया गर्ने व्यक्ति रहेको साथै अस्थायीहरुको मर्मलाई बुझ्ने व्यक्ति रहेकोले त्यो मर्मलाई बुझ्दै अस्थायी कर्मचारीहरुलाई न्याय दिन यो पहल गरेको सबैलाई जानकारी गराए। उनले थप भने ‘आफूले विगतमा धेरै दुःख झेलेर आएको कारणले मलाई सबै याद छ। जनताको आशीर्वादले मुख्यमन्त्रीको चौकीमा पुगेपनि आफू त्यही दुःख बुझ्ने पीएस गोले रहेको बताए। अहिलेसम्म अस्थायी कर्मचारीहरुको रहर रहरमा नै सीमित थियो। आफ्नो सपनाहरुलाई सपनामा मात्र सीमित राख्नु पर्ने अवस्था थियो तर ती सपनाहरुलाई साकार गर्नको निम्ति यो अधिसूचना जारी गरेको हुँ। आज विपक्षीहरूद्वारा गरिएको सबै प्रकारको दावी झुटो प्रमाणित भएको बताए। आज सरकारले जारी गरेको हरेक अधिसूचना एसडीएफ पार्टीले २०१९ भन्दा अघि घर मर्मात्तिको, जीसीआई सिटको झुटो लेप्टा जस्तो होइन।’
छ वटै जिल्लाबाट आएका विभिन्न विभागमा कार्यरत अस्थायी कर्मचारीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले सत्तामा आउन साथ ८ वर्षमा स्थायीकरण हुने नीति बनाएर २ हजार भन्दा धेरै कर्मचारीहरुलाई स्थायीकरण गरिसकेको र उनीहरूले वेतन पनि प्राप्त गरिरहेको जानकारी गराए। आज पनि विपक्षी अनि विपक्षीदलहरुले वेतन कहाँबाट दिने भन्ने प्रश्न गर्दैछन तर सरकारले कहाँबाट वेतन दिन्छ, त्यो पूर्व सरकारले अनि भर्खर राजनीतिमा पाइला टेक्दै गरेकाहरुले सुर्ताउन कुनै जरूरत नरहेको उनले बताए। कर्मचारीहरुको वेतन दिनु सबै प्रकारको त्याग अनि समर्पण गर्न आफू साथै सरकार तयार रहेको पनि उनले बताए। आफू खुशी होइन तर अरूको खुशीमा आफू खुशी हुने व्यक्ति आफू रहेको पनि उनले सबैलाई अवगत गराए। वित्त मन्त्री, वित्त सचिव अनि कार्मिक विभागसँग सल्लाह गरेर अनि मन्त्रीमण्डलको सभाले पारित गरेको हुँदा सबै व्यवस्था गरेको उनले बताए। उनले छिटो भन्दा छिटो मेमोरेण्डम बनाएर स्थायीकरणको आदेश पत्र प्रदान गर्ने मुख्यमन्त्रीले घोषणा गरे। उनले सबै विभागका सचिवहरुलाई यसको निम्ति चाँडो पहल गर्ने आदेश दिए। विभागले फास्ट ट्रयाक मोडमा कार्य गर्ने उनले निर्देश दिए। एसकेएम पार्टी र सरकारको राजनीतिक इच्छाशक्ति रहेको कारण आज सबैले न्याय पाएको पनि मुख्यमन्त्री तामाङले बताए। सबै प्रकारको बाधा अड्चनलाई पन्छाएर पनि आज सरकारले ओएफओजेको कर्मचारीहरुलाई न्याय दिएको उनले बताए। सबैलाई वर्तमान सरकारसँग भरोसा गरेर अघि बढ्ने उनले बताए। कुनै पनि प्रकारको डर नमान्ने, आफूमाथि भरोसा राख्ने उनले सबैलाई आग्रह गरे।
कतिपय कर्मचारीहरु २८ वर्षको बादमा स्थायीकरण भइरहेको जानकारी गराए। राजनीतिक इच्छाशक्ति रहेको कारण आज सबैले न्याय पाएको पनि मुख्यमन्त्री तामाङले बताए। सबै प्रकारको बाधा अड्चनलाई पन्छाएर पनि आज सरकारले ओएफओजेको कर्मचारीहरुलाई न्याय दिएको उनले बताए। यी सबैको विरुद्ध अदालतमा पनि मुद्दा पुगेको थियो तर सबै गरीब कर्मचारीहरुको पक्षमा सरकारले वकालती गरेर सबैलाई न्याय दिएको उनले अवगत गराए। आज गोले सरकारले घोषणा पत्रमा लेखेका घोषणाहरू एक पछि अर्को गर्दै पूरा गरिरहेको उनले सबैलाई जानकारी गराए।

आजदेखि सबै कर्मचारीहरुको जिम्मेवारी अझ धेरै बढेर गएको हुँदा सबैले सुनौलो सिक्किमको निर्माणमा योगदान दिने सबैलाई आग्रह अनि आवहान गरे। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले कर्मचारीहरुलाई लगाएको गुण आगामी दिनमा अवश्यै आफूलाई फर्काएर ३२ मा ३२ समष्टिमा नै जीत हासिल गराउने आग्रह गरे।