बन्धन ब्यांकको कुल कारोबार १७ प्रतिशतले बढेको दाबी

Bandhan-Bank-2

कोलकाता: बन्धन ब्यांकले आर्थिक वर्ष २०२३-२४ को तेस्रो त्रैमासिकको वित्तीय परिणाम घोषणा गरेको एक प्रेस विज्ञप्तिमा बताएको छ। ब्यांकको कुल कारोबार १७ प्रतिशतले बढेर २.३३ लाख करोड रुपियाँ पुगेको छ। कुल निक्षेपमा ब्यांकको खुद्रा हिस्सा अहिले ७१ प्रतिशत छ। यस त्रैमासिकमा रेकर्ड गरिएको उत्साहजनक वृद्धि यसको वितरण विस्तार र अनुकूल परिचालन वातावरणका कारण सम्भव भएको विज्ञप्तिमा बताइएको छ। यस त्रैमासिक अवधिमा ब्यांकले देशभर २६ वटा शाखा खोलेको छ। विज्ञप्तिमा बताइएअनुसार, ‘ब्यांकले अब भारतमा ६ हजार २ सय ५० भन्दा बढी ब्यांकिङ आउटलेटहरू मार्फत ३.२६ करोड भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दछ। बन्धन ब्यांकमा काम गर्ने कुल कर्मचारीको संख्या अहिले ७५ हजार नाघेको छl’

आर्थिक वर्ष २०२३-२४ को तेस्रो त्रैमासिकमा ब्यांकको निक्षेप गत वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढेको छ बताइएको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार, ‘कुल डिपोजिट बुक अहिले १.१७ लाख करोड रुपियाँ रहेको छ भने कुल अग्रिम १.१६ लाख करोड रुपियाँ छ। चालू खाता र बचत खाता (सीएएसए) अनुपात समग्र निक्षेप पुस्तकको ३६.१ प्रतिशत हो। ब्यांकको स्थायित्वको सूचक पुँजी पर्याप्तता अनुपात (सीएआर) १९.८ प्रतिशत हो, जुन नियामक आवश्यकताभन्दा निकै बढी होl’

परिणामको बारेमा बोल्दै बन्धन ब्यांकका एमडी तथा सीईओ चन्द्रशेखर घोषले भने, ‘विगत केही वर्षहरूमा तेस्रो त्रैमासिक ब्यांकको लागि सधैं महत्त्वपूर्ण वृद्धि चरण साबित भएको छ। त्रैमासिकको शुरुमा, ब्यांकले कोर बैंकिङ प्रणाली (सीबीएस)मा स्थानान्तरण गरेको थियो। हामी विश्वस्त छौं, नयाँ प्रणालीले व्यापार वृद्धिलाई अझ बढावा दिनेछ। ब्यांक आफ्ना सबै ग्राहकहरुलाई उनीहरुको आवश्यकता अनुरुप उत्कृष्ट उत्पादन तथा सेवाहरु मार्फत सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ। हामी देशभरि ठूलो जनसंख्यामा पुग्न वितरण विस्तार अवसरहरूको सक्रिय रूपमा मूल्याङ्कन गर्न जारी राख्नेछौंl’ ब्यांकले तीव्र गतिमा वृद्धि गरिरहन्छ र अन्य उत्पादन कोटिहरू बाहेक एसएमई लोन, गोल्ड लोन, पर्सनल लोन र अटो लोनजस्ता सोझो रूपमा आफ्नो पोर्टफोलियो विस्तार गर्न जारी राख्ने विज्ञप्तिमा बताएको छ। ब्यांकले हालसालै व्यापारिक सवारीसाधन कर्जा र व्यवसायका लागि सम्पत्ति विरुद्ध ऋण जस्ता नयाँ भर्टिकलहरू पनि शुरु गरेको छ। यी कदमहरूले ब्यांकलाई आगामी केही त्रैमासिकहरूमा अझ बढ्न मद्दत गर्ने पनि प्रेस विज्ञप्तिमा बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *