साई लेबोङको ८ गोल, युनाइटेड रंगबुल एफसी पनि विजयी

३० जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित बेणु सुब्बा प्रीमियर डीविजन लीग फूटबल टुर्नामेण्टको छैटौं दिन शुक्रवार दुईवटा म्याच खेलियो। लेबोङको गोर्खा स्टेडियममा आज भएको पहिलो एकतर्फी म्याचमा भारतीय खेल प्राधिकरण (साई)-को लेबोङ केन्द्रले सेण्ट रोबर्ट्स हाई स्कूललाई ८-०-ले पिट्यो। विजेता टीमबाट चंचल बर्मनले ह्याट्रिक गरे जबकि एल फर्नाडो सिंह र दिवाकर थापाले २-२ गोल गरे। यसबाहेक १ गोल पीएम सिंहले छिराए। यसरी नै आज भएको दोस्रो म्याचमा युनाइटेड रंगबुल एफसी-ले हर्सिंग फूटबल क्लबलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट वांगेछेन डुक्पाले २ गोल गरे। यसरी नै हर्सिंग एफसी-बाट सञ्जीब विश्वकर्माले १ गोल गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *