गान्तोक: पूर्व मन्त्री तथा सिक्किमका एक साहसी, निडर र स्पष्टवादी नेता एसबी सुवेदीको निधनमा सिटिजन एक्सन पार्टीले गहिलो शोक व्यक्त गरेको छ। सुवेदी युवाहरूको पथ प्रदर्शक र साहसी नेता भनी उल्लेख गर्दै सन् १९९९ देखि २००४ सम्म यातायात मन्त्री, २००४ देखि २००९ सम्म वन मन्त्री औ २०१४ देखि २०१९ सम्म ग्राम विकास विभागका मन्त्रीको रुपमा सेवा गरेको जनाएको छ। सुवेदीले सिक्किम र सिक्किमेली जनताको इमानदार सेवा गरेका पार्टीले ठहर गरेको छ। उनको निधनले सिक्किमेली राजनीतिमा कहिल्यै पुर्ति नहुने क्षति पुऱ्याएको छ भन्दै सिटिजन एक्सन पार्टी सिक्किमले उनको निधनमा गहिरो शोक प्रकट गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गरेको छ। निजको आफन्त वा प्रिय जनमा हार्दिक समवेदना व्यक्त गर्दै शोक समवेदना जारी गरेको हो।










