राज्यपालले दिए सिक्किमवासीहरूलाई लोसरको शुभकामना

1000519924.jpg

गान्तोक। सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले लोसरको शुभ अवसरमा सिक्किमवासीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्। राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, लोसरको पर्व तिब्बती नयॉं वर्षको रूपमा मनाइन्छ, जुन नयॉं उमंग, नयॉं उल्लास र नयॉं आकांक्षाहरूको प्रतीक हो।

पर्व, हाम्रो धार्मिक, सांस्कृतिक, सामाजिक र आध्यात्मिक हरेक दृष्टिले विशेष महत्व राख्दछ भने एक पीढीदेखि दोस्रो पीढीसम्म संस्कृतिका वाहक हुन्। म सिक्किमका मानिसहरूलाई स्थानीय संस्कृति संरक्षित एवं सवर्धन गर्ने आग्रह गर्दछु।

राज्यपालले यो अवसरले हाम्रो समग्र संस्कृतिलाई अझ समृद्ध बनाएर सिक्किमवासीहरूबिच शान्ति, समृद्धि र सद्भाव स्थापित गरुन् भनी कामना गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *