एरोस्पेस विनिर्माणको निम्ति भारत नयाँ केन्द्रको रूपमा उदय

AB1

नयाँ दिल्ली: भारतमा एरोस्पेस विनिर्माणले सरकारद्वारा जोड दिनका साथै पूर्वाधारमा सुधारका कारण तेज गति लिइरहेको छ। धेरै निजी कम्पनीले भारतलाई एरो स्ट्रक्चर, कम्पोनेन्ट, सब एसेम्ब्ली तथा जटिल प्रणालीको सङ्कलनका लागि भारतलाई सर्वप्रधान गन्तव्यको रूपमा विकास गर्न तेज विकास गरिरहेका छन्। शीर्ष वैश्विक मूल उपकरण विनिर्माताहरूले भारतमा एरोस्पेससित सम्बन्धित पूर्जा अनि घटकहरूको निर्माणका लागि संयुक्त उद्यम स्थापित गरिरहेका छन्, जसको उपयोग वाणिज्यिक तथा रक्षा हवाई जहाज अनि हेलिकप्टरहरूमा हुने गर्दछ।

एयरबस ए२२० को दैलो बङ्गलुरूको प्रतिष्ठानले विनिर्माण गर्ने

सबैभन्दा नयाँमा शीर्ष हवाई जहाज निर्माता एयरबसले बङ्गलुरूस्थित डाइनामाइट टेक्नोलजिससँग एकल गलियारा भएको ए२२०२ विमानको निम्ति भारतमा दैलो विनिर्माण गर्न हात मिलाएको छ। यो सम्झौता महत्त्वपूर्ण कोशेढुङ्गा मात्र साबित नभएर भारतको मेक इन इण्डिया पहलको सफलता पनि यसले झल्काउनेछ। सम्झौताअन्तर्गत डाइनामाइट टेक्नोलजिसले ए२२० विमान परिवारमा पर्ने कार्गो यात्रीवाहक अनि सेवा दैलोका साथमा आपातकालीन निकास दैलो (प्रति विमान आठवटा दैलो) निर्माण एवं संकलन गरिनेछ। हवाई विमानको दैलो महत्त्वपूर्ण संरचना हो, जसका लागि सुरक्षा अनि समग्र कुशलताको कडा आवश्यकता पूरा गर्न उन्नत प्रविधि सामेल गरिन्छ। यरबसद्वारा भारतीय कम्पनीलाई दैलोको निम्ति प्रदान गरिएको यो दोस्रो अनुबन्ध हो। यसअघि २०२३ मा, एयरबसले ए३२० परिवारका विमानको निम्ति थोक अनि कार्गो दैलो विनिर्माण गर्ने ठेका टाटा एडभान्स्ड सिस्टम लिमिटेडलाई दिएको थियो। आज प्रत्येक एयरबसको वाणिज्यिक विमानका साथै प्रत्येक एयरबस हेलिकप्टरमा भारतमा अभिकल्पित विनिर्मित अनि कायम महत्त्वपूर्ण प्रविधि सामेल छन्। स्थानीय विनिर्माताको साझेदारीमा एयरबसले भारतमा करिब १० हजार रोजगार प्रदान गर्दछ। सन् २०२५ सम्म यो संख्या १५ हजारसम्म बढ्ने र कम्पनीले भारतबाट आफ्नो उपार्जन ७५० मिलियन डलरबाट  बढाएर  १.५ बिलियन डलर पुऱ्याउने अपेक्षा गरिएको छ। ३६ सय नटिकल माइल (६७०० किलोमिटर) दूरी अनि १०० देखि १६० जना यात्रीको क्षमताका साथ ए२२० विमान भारतको उडान योजनाको निम्ति उपयुक्त देखिएको छ, जुन क्षेत्रीय कनेक्टिभिटी बढाउन र राष्ट्रव्यापी रूपमा आर्थिक प्रगति प्रोत्साहित गर्न लक्षित छ।

केन्द्रिय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले यस साझेदारीको प्रशंसा गर्दै भनेका छन्, ‘भारत तेज गतिका साथ एरोस्पेस विनिर्माणको निम्ति विश्वभरीको प्रमुख गन्तव्य बनिरहेको छ। डाइनामाइट टेक्नोलजिसले हवाई विमानको दलैको सबैभन्दा ठूलो ठेका पाउनु प्रधानमन्त्रीको मेक इन इण्डिया, मेक फर दी वर्ल्ड सङ्कल्पको निम्ति ठूलो क्षण होl’ यसका साथै सरकारको कारोबारमैत्री नीतिहरूले भारतलाई एरोस्पेस विनिर्माण देशको रूपमा अझ प्रमुख बनाउन धेरै सहयोग गरिरहेको छ। -पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *