पहिलो टी२० म्याचमा अष्ट्रेलियाको रोमाञ्चक जीत

IMG-20240209-WA0182.jpg

होबार्ट: ओपनर डेविड वार्नर (७० रन)-को अर्द्धशतकपछि स्पिनर एडम जाम्पाको उत्कृष्ट बलिंगको सहायताले अष्ट्रेलियाले पहिलो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा वेष्ट इण्डिजलाई ११ रनले पराजित गऱ्यो। यस जीतको साथै आयोजक अष्ट्रेलियाले तीनवटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। बेलेरिव ओवल मैदानमा टस हारेर पहिला ब्याटिंग गर्दै अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनायो। वार्नरले ३६ बल खेलेर १२ वटा चौका र एउटा छक्काको साथ सर्वाधिक ७० रन बनाए। यसबाहेक जोश ईंग्लिशले ३९ र टिम डेविडले अविजित ३७ रन बनाए। वेष्ट इण्डिजका बलरहरूमा आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए जबकि २ विकेट अल्जारी जोसेफले हासिल गरे। जवाफमा वेष्ट इण्डिजले २० ओभरमा ८ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो। ओपनर ब्रेण्डन किंग (३७ बलमा ५३ रन) र जनसन चार्ल्स (२५ बलमा ४२ रन)-ले पहिलो विकेटको निम्ति ५१ बलमा ८९ रनको पार्टनरशीप गरी असल शुरुवात गरे पनि क्यारेबियन टीमको मीडलअर्डर र तल्लो क्रमले केही खास योगदान दिन सकेन। किंगले ७ वटा चौका र एउटा छक्का लगाए। दशौं नम्बरमा ओर्लिएर जेसन होल्डरले १५ बलमा अविजित ३४ रन बनाएर अन्तिम प्रयास गरे पनि अष्ट्रेलियालाई जीत हासिल गर्नदेखि रोक्न सकेनन्। अष्ट्रेलियाई बलरहरूमा जाम्पाले सर्वाधिक ३ र मार्कस स्टोइनिसले २ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *