३ दिवसीय अभिमुखी कार्यक्रमको समापन

IMG-20240209-WA0192.jpg

गान्तोक। राज्यका माध्यमिक र उच्च माध्यमिक विद्यालयका लाइब्रेयिनहरूलाई लिएर आयोजित ३ दिवसीय अभिमुखी कार्यक्रमको समापन भयो। एससीईआरटीद्वारा गत ६ फरवरीदेखि आयोजना गरेको ३ दिवसीय अभिमुखी कार्यक्रमको हिजो समापन भयो।

एससीइआरटीका निर्देशक रबिन छेत्री र संयुक्त निर्देशक शान्ति राम अधिकारीले यस कार्यक्रमको पर्यवेक्षण गरेका थिए। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य विद्यालयका पुस्तकालयकर्मीहरूलाई दक्ष रूपमा काम गर्नको निम्ति आत्मविश्वास जगाउनु थियो। तीन दिवसीय कार्यक्रममा राज्यका छवटा जिल्लाबाट ५४ वाट लाइब्रेयिनहरूले सहभागिता जनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै एससीईआरटीका निर्देशक क्षेत्रीले विद्यार्थीलाई पुस्तकालयको समयलाई रमाइलो बनाउन सुझाउ दिए। नयाँ शिक्षा नीति २०२० मा उल्लेख गरिएको सुन्दर र स्रोतसाधन पुस्तकालयको व्यवस्थाले बालबालिकाको समग्र विकासमा मद्दत गर्न सक्ने बताए।

कार्यक्रमको पहिलो सत्रको सञ्चालन स्रोत वक्ताकोरूपमा उपस्थित सिक्किम विश्वविद्यालयका प्रोफेसर ए. एस चन्देलले पुस्तकालय विज्ञानका पाँच नियम, विद्यालय पुस्तकालयको भूमिका र विद्यालयका बालबालिकामा पढ्ने बानी प्रवर्द्धन गर्ने बारे जानकारी दिए। सोही प्रकारले सिक्किम विश्वविद्यालयका सहायक लाइब्रेरियन डा. सर्वदा प्रधानले सहभागीहरूलाई पुस्तकहरूको वर्गीकरण, पुस्तकालय सूचीकरण र आधुनिक पुस्तकालय, पुस्तकालय दर्ताको मर्मतसम्भार, स्कूल लाइब्रेरियनको व्यावसायिक विकास र विद्यार्थीहरूको करियर काउन्सिलिङबारेमा जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement