तेलेङ्गा खडियाको जन्मजयन्ती पालन

IMG-20240209-WA0188.jpg

कालचिनी। आदिवासी स्वाधीनता संग्रामी तेलेङ्गा खडियाको शुक्रबार जन्मदिन मनाउने क्रममा कालचिनी खण्डको भातखावा चियाबारीको जसपुर लाइनमा पनि तिनको जन्मजयन्ती पालन गरिएको सन्तोष खडियाले जनाएका छन्।
ट्राइबल फ्रीडम फाइटरको नाममा परिचित तेलेङ्गा खडियाको जन्मजयन्ती मनाउने उद्देश्यबारे आयोजक कमिटीको पक्षबाट सन्तोष खडिया, बिस्तम खडिया, इसुदास खडिया, अमोस खडिया र सामेल खडियाले आदिवासी युवा समाजलाई पुर्खाहरुको गाथा स्मरण गराउनु र त्यसबाट प्रोत्साहित भएर समाजको लागि सकारात्मक काम गर्न रहेको जनाएका छन्।
वर्तमान समाजमा ट्रेन्डिङ भएको ट्याटू खोप्ने फेशन आदिवासी क्रान्तिकारी तेलेङ्गा खडियाबाट पाएको र ट्याटूलाई आदिवासी शब्द १११ खोदाबाट आएको सन्तोष खडियाले बताउँदै त्यसताक् आदिवासी खडिया जातिलाई शरीरमा खोपिएका ट्याटू अर्थात १११ खोदाबाट चिनिने जनाएका छन्।
जमीन आन्दोलनको जनक तेलेङ्गा खडियाले साहु अनि जमीनदार विरुद्ध आन्दोलन गरेकोले अहिले पनि आदिवासीहरु यस्तो अत्याचार विरुद्ध एकसाथ उभिन् नहिच्किचाउने सन्तोष खडियाले बताए।
तेलेङ्गा खडियाको जन्मजयन्ती आज कालचिनी खण्डको दक्षीण मेन्दाबारीको खडिया बस्ती एवम् अन्यान्य ठाउँमा पनि पालन भएको बताइएको छ।

About Author

Advertisement