मन्दिरबाट चोरी गरेको सुनको आभूषण उद्धार

Feature-Image3-1024x576-1.jpg

सिलगढी: प्रधान नगर थाना पुलिसले घरको काली मन्दिरमा भएको चोरीको मामिलामा दुइजनालाई पक्राउ गर्नको साथै चोरी गरेको समान पनि उद्धार गरेको छ।गत ६ फरवरी अबेर राति समन नगर इलाकाको एउटा घरको काली मन्दिरबाट माताको सुनको गर-गहना चोरी भएको थियो। घटनाबारे थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले चोरीको आरोपमा विजय महतोलाई पक्राउ गरेपछि सोधखोज गर्दा चोरी गरेको समान किन्ने स्वर्ण व्यवसायी प्रदीप सोनीलाई पनि पक्राउ गरेको छ।

यसपछि पुलिसले दुवैलाई सिलगढी अदालतमा पेश गरेर पुलिस रिमान्डमा लिएर केरकार गरेपछि आज स्वर्ण व्यवसायी प्रदीप सोनीको दोकानबाट काली मन्दिरबाट चोरी भएको सुनको आभूषण उद्धार गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement