डा. छत्र सुब्बा पावल र केके प्रधान स्रष्टा सम्मानद्वारा सम्मानित

IMG-20240209-WA0179.jpg

गान्तोक: भारतीय नेपाली भाषी इसाई स्रष्टाहरूका साझा मञ्च स्रष्टा सङ्गमको चौथो वार्षिक सम्मेलनमा दुईजना स्रष्टाहरूलाई स्रष्टा सम्मानद्वारा सम्मानित गरिएको छ। गान्तोकको जनता भवनमा सम्पन्न उक्त कार्यक्रममा कालेबुङका वरिष्ठ साहित्यकार रेभरेण्ड डा. छत्र सुब्बा ‘पावल’ र रम्फु सिक्किमकी नारी स्रष्टा के के प्रधानलाई स्रष्टा सम्मानद्वारा सम्मानित गरिएको छ। दुवैलाई अतिथिहरूका बाहुलीबाट खदार्पणसहित शल ओढ़ाएर सम्मान पत्र र स्मृति चिन्ह प्रदान गरी सम्मानित गरिएको छ। दुवैलाई साहित्यमा दिइएको बहुमूल्य योगदानको लागि स्रष्टा सम्मान प्रदान गरिएको छ। यस अवसरमा डा छत्र सुब्बाको जीवनी बसुन्धरा राईले अनि सम्मान पत्र सन्ध्या आचार्यले पठन गरेका थिए भने केके प्रधानको जीवनी इम्मानुएल गिफ्टले र सम्मान पत्र शोभा राईले पठन गरेका थिए। त्यसरी नै कार्यक्रममा स्रष्टा सङ्गमको पक्षमा पहिलो शशिप्रभा स्मृति पुरस्कार प्रापक कथाकार सन्ध्या आचार्यलाई अभिनन्दन जनाइएको छ। उनलाई खदार्पणसहित अभिनन्दन प्रदान गरेर सम्मानित गरियो। उल्लेखनीय छ स्रष्टा संगमले २०१८ मा वरिष्ठ साहित्यकार डा एडोन रोंगोंग, २०१९ मा वरिष्ठ साहित्यकार सलोन कार्थक, २०२० मा रेभ सुखनम र एल्डर दिनेश खालिङलाई सम्मान जनाईसकेको छ।

About Author

Advertisement