बजेट अभावले रोकियो विक्कीको ‘अश्वत्थामा’

Aswathama

मुम्बई: अभिनेता विक्की कौशललाई ‘उरी: द सर्जिकल स्ट्राइक’ जस्ता ब्लकबस्टर फिल्म दिइसकेका आदित्य धर विक्कीसँग एक सुपरहिरो फिल्म ‘अश्वत्थामा’ बनाउने तयारीमा थिए। यो प्रोजेक्टलाई लिएर भारतीय फिल्मका फ्यानहरु सुरुदेखि नै उत्साहित थिए। सन् २०१९ मा महाभारतका पात्र अश्वत्थामामा आधारित रहेर निर्माण गर्ने भनिएको यो फिल्मका लागि विक्कीले घोडसवारी र मार्सल आर्ट जस्ता तालिम पनि लिन शुरु गरेका थिए। तर लकडाउनका कारण यो फिल्म शुरु हुन सकेन। सन् २०१२ मा विक्कीले ‘द इमोर्टल अश्वत्थामा’को पहिलो पोस्टर निकै उत्साहका साथ सामाजिक सञ्जालमा शेयर गरेका थिए। तर यो फिल्म अगाडि बढ्न सकेन।

अहिले भने निर्देशक आदित्यले फिल्म नबन्नुको कारण खुलाएका छन्। उनका अनुसार फिल्मका लागि अधिक बजेट आवश्यक पर्ने भएपछि फिल्मको काम रोकिएको हो। आफ्नो नयाँ फिल्म ‘आर्टिकल ३७०’को ट्रेलर सार्वजनिक कार्यक्रममा आदित्यले ‘अश्वत्थामा’ तत्काल नबन्ने बताएका छन्। ‘हामीले तत्कालका लागि यो फिल्मलाई बन्द गर्नुपर्ने अवस्था छ। म सत्य कुरा बताउँछु, यो फिल्मका लागि हाम्रो ठूलो भिजन थियो, त्यो भिजन भारतीय फिल्ममा चलिएको बजेटभन्दा ठूलो थियो। हामी जस्तो भीएफएक्स गुणस्तर चाहिरहेका थियौं, यस्तो गुणस्तरमा अहिलेसम्म कसैले बनाउने प्रयास गरेका थिएनन्’, उनले भनेका छन्। उनले आफ्नो भिजनलाई लिएर हलिउडका प्रख्यात निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार’को उदाहरण दिएका छन्।

‘जेम्स क्यामरुनलाई ‘अवतार’को सोच २७ वर्ष अघि आएको थियो, तर उनी ठूलो बजारको पर्खाइमा थिए। प्रविधि त्यो तहसम्म आउने उनी पर्खाइमा थिए, जहाँ त्यो कथालाई आफूलाई चाहे अनुसारको प्रस्तुत गर्न सकुन्। म उनी जस्तो त छैन, तर मलाई उत्कृष्ट चाहिएको छ, त्यसकारण औसत हुँदा काम चल्दैन। म केवल मजाका लागि मात्र यो फिल्म बनाउन सक्दिनँ। यो फिल्मका लागि अझ पाँच वर्ष लागे पनि फिल्म उत्कृष्ट बन्नुपर्छ’, आदित्यले भनेका छन्। पछिल्लो तीन वर्षमा आदित्य यो फिल्ममा विक्कीको स्थानमा अन्य कलाकारलाई कास्ट गर्ने तयारीमा छन् भन्ने समाचार बाहिर आएको थियो। रणवीर सिंहदेखि अल्लू अर्जुनसम्मका स्टार यो फिल्ममा जोडिने चर्चा चलेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *