वरिष्ठ साहित्यकार मोहन ठकुरीकृत पुस्तक सर्जक सन्दर्भको परिवर्द्धित संस्करण लोकार्पित

IMG-20240209-WA0178.jpg

खरसाङ: भारतीय नेपाली साहित्यका प्रतिष्ठित कवि-कथाकार मोहन ठकुरीद्वारा लिखित पुस्तक सर्जक सन्दर्भको परिवर्द्धित संस्करण सालबारीस्थित गोम्देन टी-बारको सविता गोम्देन साहित्य कक्षमा एक कार्यक्रमबीच लोकार्पण गरियो। यो कार्यक्रम शब्द समयको एकाइ कार्यक्रमको रूपमा आयोजना गरिएको थियो। समारोहमा नेपाली साहित्यका वरिष्ठ कवि नोर्जाङ स्याङ्देन प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने लोकार्पित पुस्तकको समीक्षकको रूपमा उपस्थित थिए वरिष्ठ साहित्यकार-अध्येता-चिन्तक ज्ञानेन्द्र खतिवडा। समारोहमा कृतिकार अनि प्रमुख अतिथिसँगै वरिष्ठ कवि-समालोचक एवं उत्तर बङ्ग विश्वविद्यालयका प्राध्यापक डा. सञ्जय बान्तवा, वरिष्ठ कवि-अध्येता-चन्तक ज्ञानेन्द्र खतिवडा, साहित्यकार एवं राजनैतिक चिन्तक डी.एस. बम्जन, युग्मककार कालुसिंह रनपहेँली, आख्यानकार मणिकुमार प्रधान, पूर्व डीएसपी एवं कवि निर्मल सिन्चुरी, भूतपूर्व प्रहरी अधिकारी एवं कवि पूर्ण मंगर, कवि हेमन्त काफ्ले, गोम्देन टी बारका स्वामी अनन्त गोम्देन, ओन लाइन पत्रिका दार्जीलिङ टक्सका सम्पादक शैलेन्द्र छेत्री, सिक्किमकी सामाजिक अभियन्ता मायलमित लेप्चा आदिका हातबाट सर्जक सन्दर्भको परिवर्द्धित संस्करण लोकार्ण गरियो। लोकार्पित कृतिमाथि कवि-अध्येता-चिन्तक ज्ञानेन्द्र खतिवडाले समीक्षात्मक टिप्पणी राखे। उनले आफूले यस कृतिको अध्ययन क्रममा भेटिएका अनि आफूलाई लागेका कुराहरू स्पष्टरूपले राखिरहेका थिए। उनले पुस्तकमा पाइएका सकारात्मक अनि नकारात्मक दुवै पक्षहरू राखे। उनले भने यस कृतिमा पन्द्रहजना सर्कहरूका सन्दर्भमा कृतिकारले लेखेका लेखहरू समाविष्ट छन्। उनले बताए कति लेखहरू लम्बाइएका छन् भने कतिवटा छोटो बनाएका छन्। अध्येता खतिवडाले बताए दुईवटा लेखहरूसित यस संस्करणमा जोड़िएका छन् भने पहिलो संस्करणमा भएका दुईवटा लेखहरू समावेश गरिएका छैनन्। उनले कृति पढ्दा आफूलाई लागेका सकारात्मक अनि नकारात्मक दुवै पक्ष स्पष्टरूपले राखेका थिए। उनले कवि मोहन ठकुरीको मनमोहक शैलीको कुरा गरे अनि कृतिकारलाई हार्दिक बधाई दिए। प्रमुख अतिथि वरिष्ठ कवि नोर्जाङ स्याङदेनले आफ्नो सम्बोधनमा सर्जकले लेखहरूमा आफुलाई इमान्दारीसित प्रस्तुत गरिएको हुनुपर्ने बताए। उनले वरिष्ठ साहित्यकार मोहन ठकुरीलाई बधाई टक्राउँदै उनको नेपाली साहित्यमा रहेको विशिष्ट योगदानको उल्लेख गर्दै उनलाई अजस्र बधाई टक्राए। कृतिकार वरिष्ठ साहित्यकार मोहन ठकुरीले कृतिकारको रूपमा आफ्ना कुरा राख्दै बताए यस कृतिमा पहिलो संस्करणका लेखहरूमा केही परिवर्द्धन गरिएका छन्। यसमा दुई नयाँ लेखहरू ‘एडोरवल् : एडोन रोंगोंग’ अनि ‘सिर्जनामा: कविता लामा’ नयाँ जोड़िएका छन् भने अघिल्लो संस्करणमा रहेका दुई लेखहरू समाविष्ट गरिएका छैनन्। उनले बताए लेखहरू संशोधन र परिवर्द्धन पनि गरिएका छन्। उनले यो कृति प्रकाशनदेखि लोकार्पणसम्म आइपुग्दा सहयोगको हात बटाउने सबैमा कृतज्ञता ज्ञापन गरे। उनले भने यो कृतिको निम्ति काठमाडौंबाट वरिष्ठ कवि अविनाश श्रेष्ठले विशेष गुण लगाएका छन् जो बिर्सन सकिन्न। उनले कवि श्रेष्ठलाई हृदयले धन्यवाद दिए। सम्पूर्ण कार्यक्रमलाई वरिष्ठ कवि हेमन्त काफ्लेले सुन्दर सञ्चालन गरेका थिए। कार्यक्रममा कञ्चनजङ्घा टाइम्सका स्वामी अनुप थुलुङ राईको पनि विशेष उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *