गुवाहाटी। जोराबाट पुलिसले एएस ०२एएल ५०८९ नम्बरको कारसँगै चालक र अन्यलाई जोराबाट लिंक रोडमा रोकेर जाँच गर्दा उक्त कारका सदस्यहरुले गाईवस्तुले भरिएको ट्रकलाई गैरकानुनी एस्कर्ट गरेको आरोप उठेको थियो। सोधपुछ गर्दा चालक र सहचालकले एएस ०२ सीसी ८१४३ नम्बरको रजिष्ट्रेसन नम्बर भएको गाईवस्तु बोकेको ट्रक आफ्नो पछाडि हिडिरहेको जानकारी दिएको थियो। सो सूचनाका आधारमा पुलिसले आरपी होटल नजिकै जोराबाट लिंक रोडमा छाडिएको गाडी फेला पारेको थियो। प्रत्यक्षदर्शीको उपस्थितिमा पुलिसको टोलीले एएस ०२ सीसी ८१४३ नम्बरको गाडीको जाँच गर्दा २० वटा जिउँदो गाईवस्तु फेला परेको थियो। गाईवस्तु बोकेको गाडीका चालक घटनास्थलबाट भाग्न सफल भएको र घटनाको अनुसन्धान भइरहेको पुलिसले जनाएका छन्। रोकिएको एस्कर्ट गाडीका चालक र सहायकले नागाउँबाट गाईवस्तु ओसारपसार गरेको स्वीकार गरेको र उनीहरुसँग वैद्य कागजपत्र पेश गर्न नसकेको पुलिसले बताएका छन्।









