फोहोर बोक्ने ट्रकबाट प्लाष्टिकको झोलामा बेरेका एक बालकको शव बरामद

70-26.jpg

शिलाङ। लुम्श्याप क्षेत्रको शनमारीमा बिहीबार बिहान फोहोर बोकेको ट्रकबाट प्लाष्टिकको झोलामा बेरेका एक बालकको शव फेला परेको घटनाले सनसनी मच्चिएको थियो। फोहोर फाल्ने ट्रकका चालक र सहचालकले उक्त क्षेत्रबाट उठाइएको फोहोर वर्गीकरण गर्ने क्रममा शव फेला पारेर लुम्श्याप, फ्रा खोङ्फईका रंगबाह श्नोङलाई खबर गरेका थिए। पाश्चर बीट हाउस पुलिसले शवलाई नियन्त्रणमा लिएको छ। फोहोर बोक्ने ट्रकमा बालकलाई छाडेर गएको परिवारको खोजीका लागि दोरबार श्नोङ, सेङ सामला र सेङ लङ्क्मीका सदस्यहरूले घरदैलोमा सोधपुछ गरिरहेको रंगबाह श्नोङले बताए। यस घटनाको लुम्श्याप दरबार श्नोङले घोर निन्दा गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement