नगाउँ। नगाउँ सदर भेटेरिनरी अस्पतालले पथोरी भेटेरिनरी स्वास्थ्य उपकेन्द्रको सहकार्यमा बुधबार भुटाई–पथोरीमा स्वप्राथमिकता कोष २०२३-२४ अन्तर्गत पशु स्वास्थ्य मेला आयोजना गऱ्यो। मेलाको उद्घाटन डा.अविन्दम गर्गले गरेका थिए। उद्घाटनका क्रममा डा गर्गले घरेलु पशुपालनका साथै गाई, बाख्रा आदि पशुपक्षी तथा अन्य जनावरमा हुने मौसमी रोगमा लाग्ने औषधी उपचारको बारेमा पनि जानकारी दिए। मेलामा नगाउँ भेटेरिनरी अस्पतालका पशु चिकित्सक डा मुस्तफिजुर अहमद, डा अभिषेक आनन्दले उक्त क्षेत्रका पशुपालकलाई गाई, बाख्रा, सुँगुर र कुखुराका विभिन्न रोगको नि:शुल्क औषधि वितरण गर्नुका साथै पशुपक्षीलाई औषधि उपचार समेत गरेका थिए। स्थानीय पशुपालकहरूले सम्बन्धित विभागको पहलको प्रशंसा गर्दै आगामी दिनमा पनि पशु तथा भेटेरिनरी विभागले यस्ता कार्यक्रम आयोजना गर्ने विश्वास व्यक्त गरेका छन्।










