गान्तोक: भारतीय नेपाली भाषी इसाई स्रष्टाहरूको साझा मञ्च स्रष्टा सङ्गमको चौथो वार्षिक सम्मेलन आजदेखि गान्तोकको जनता भवनमा शुरू भएको छ। स्रष्टा संगमको सभापति रवि रोदनको अध्यक्षता र सिक्किमका वरिष्ठ पास्टर रेभरेण्ड पीएस तिङ्बोको प्रमुख आतिथ्यमा सम्पन्न भयो। क्रिस्टा लेप्चा र सचिव हनोक थापाले सञ्चालन गरेको पहिलो दिनको कार्यक्रम रेभरेण्ड एचआर राईको शुरुको प्रार्थनाद्वारा थालिएको थियो भने स्वागत सम्भाषण एल्डर पत्रुस गुरुङले राखेका थिए।

कार्यक्रममा भारतीय नेपाली भाषी इसाई स्रष्टाहरूका साझा मञ्च स्रष्टा संगमको औचित्य र उद्देश्य विषयमा सचिव हनोक थापाले राखेका थिए। कार्यक्रममा नारी स्रष्टा के के प्रधानकृत एकांकी संग्रह सप्तरङ्गीको लोकार्पण सभाध्यक्ष रवि रोदन, प्रमुख अतिथि रेभरेण्ड पीएस तिङ्बो, विशिष्ट अतिथिहरू वरिष्ठ साहित्यकार सलोन कार्थक, डा. छत्र सुब्बा, एल्डर राजु राई, एल्डर एसके प्रधान, डा. चित्र कौशिक, विशप हेमन्त काँफ्ले, एल्डर पत्रुस गुरुङ र लेखिका के के प्रधाव आदिको बाहुलीबाट लोकार्पण गरियो। उक्त कृति लोकार्पणमा सहयोग गर्ने सबैप्रति लेखिका के के प्रधानद्वारा धन्यवाद ज्ञापन गरिन्। यसै कार्यक्रममा अल्फा ओमेगाद्वारा प्रकाशित एंव प्राध्यापक मेहेरमान सुब्बाद्वारा सम्पादित कविता संकलन ‘क्रिसमसका रंगहरू पनि लोकार्पण गरियो।

उक्त पुस्तक प्रमुखलअतिथि रेभ पीएस तिङ्बो, डा. छत्र सुब्बा पावल, एल्डर राजु राई, डा. चित्र कौशिक, रेभ सलोन कार्थक, राजेस लुलाम, पा. बिजय सुब्बा, सभापति रवि रोदन, सचिव हनोक थापा आदिको बाहुलीबाट लोकार्पण गरिएको छ। उक्त पुस्तक लोकार्पणको लागि प्रकाशन मोजेस सन्यासीद्वारा धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा विभिन्न विषयहरूमा विमर्श कार्यक्रम पनि गरिएको थियो जसमा पहिलो विमर्श कार्यक्रममा स्रोत वक्ताको रूपमा रेभ डा. छत्र सुब्बा र एल्डर राजु राई अनि सहजकर्ताको रूपमा पास्टर निमा लेप्चा रहेका थिए। त्यसरी नै अर्को विमर्श कार्यक्रममा स्रोत वक्ताको रूपमा वरिष्ठ साहित्यकार सलोन कार्थक, केके प्रधान र विशप हेमन्त काँफ्ले रहेका थिए भने सहजकर्ताको रूपमा सन्ध्या आचार्य रहेका थिए।

कार्यक्रममा भीम प्रधान, ध्रुव सुब्बा, पास्टर ध्रुव जोना राई, सिलास राई, राजेस लुलाम, सीके रामुदामु, हेमन्त काँफ्ले, शोभा राई, पोकिला राई, सन्तोष विश्वकर्म, प्रवीण राई, तुलसी प्रधान, पास्टर निमा लेप्चा लगायत अन्यले कविता, कथा, व्यंग्य रचनाहरू वाचन गरेका थिए।
								



								

															
                    



