दार्जिलिङ: राज्यको वन विभागले बुधबार दार्जिलिङको पद्मजा नायडू हिमालयन जुलोजिकल पार्क (पिएनएचजेडपि) बाट एक जोडी हिमालयन रेड पाण्डालाई सोही जिल्लाको सिंगलिला राष्ट्रिय निकुञ्जमा छोडेको छ। रेड पाण्डालाई सन् २०२२ पछि तेस्रो पटक जंगलमा छोडिएको हो।
“हामीले बुधवार सिंगलिला राष्ट्रिय निकुञ्जमा नोभा र आशा नामक दुई महिला रेड पाण्डालाई सफलतापूर्वक छाड्यौं। दुवै जनावरहरू साढे दुई वर्षका छन्,” पिएनएचजेडपी निर्देशक बसवराज एस होल्याचीले भने।
मुख्य वन संरक्षक (वन्यजीव, उत्तर), पार्क निर्देशक र दार्जिलिङ वन डिभिजनका अन्य वनपाल जे.वी. भास्करको उपस्थितिमा पाण्डालाई राष्ट्रिय निकुञ्जको गरिबास क्षेत्रमा छाडिएको हो।










