नर्थ बेङ्गाल पेट्रोल डिलर्स एसोसिएसनद्वारा उत्तर बंगालमा २४ घण्टा पेट्रोल पम्प हडताल गर्ने आह्वान

Capture1-6-1.png

सिलगढी: नर्थ बेङ्गाल पेट्रोल डिलर्स एसोसिएसनले आगामी १५ फरवरी बिहान ६ बजीदेखि १६ फरवरी बिहान ६ बजीसम्म उत्तर बंगालमा २४ घण्टाको लागि पेट्रोल पम्प हडतालको आह्वान गरेको छ। संगठनका सदस्यहरूले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। संगठनका अध्यक्ष श्यामल पाल चौधरीले भने, गत पञ्चायत चुनाउमा केन्द्रीय बलहरूको लागि विभिन्न पेट्रोल पम्पहरूले पेट्रोल दिए तापनि हालसम्म यसको रुपियाँ पाएका छैनन्। लगभग १९ करोड रुपियाँ बकाया रहेको छ। उत्तर बंगालको ८ वटा जिल्लामा यो बकाया राशि रहेको छ। यसैबीच फेरि चुनाउ नजिकै रहेको छ। यसले गर्दा हामी विकट स्थितिमा रहेका छौँ। यदि बकाया राशि प्रदान नगरेको खण्डमा आगामी लोकसभा चुनाउ तेल दिने अथवा नदिने भन्ने विषयमा विचार गर्ने तिनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement