आईएफए गोर्खा चेली फूटबल टुर्नामेण्टको आधिकारिक फिक्स्चर जारी

IMG-20240209-WA0159.jpg

खरसाङ: महिला फूटबल खेल र खेलाड़ीहरूलाई प्रोत्साहन प्रदान गर्ने लक्ष्यको साथ खरसाङ फूटबल एसोसिएशन (केएफए)-ले इण्डियन फूटबल एसोसिएशन (आईएफए)-को मार्गदर्शनमा आयोजन गर्ने आईएफए गोर्खा चेली फूटबल टुर्नामेण्टको आधिकारिक फिक्स्चर जारी गरिएको छ। युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को विशेष सहयोगमा उत्तर बंगालकै सबैभन्दा ठूलो यस महिला टुर्नामेण्टको शुरुवात ११ फरवरीदेखि हुनेछ। चानमारी मैदानमा हुने उद्घाटन म्याच जीटीए एकादश र सिक्किमबीच खेलिनेछ। टुर्नामेण्टमा आठवटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल १५ र १६ फरवरीमा हुनेछ। यसरी फाइनल १८ फरवरीमा खेलिनेछ। आयोजक केएफए-का महासचिव सुदीप राईले बताएअनुसार, टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद राशि प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *