तालिमदेखि उद्यमशीलतासम्मको शितल तामाङको उल्लेखनीय यात्रा
गान्तोक: सरकारले सन् २०४७ सम्ममा हासिल गर्ने लक्ष्य राखेको माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको विकसित भारतको सपनासितै देशको नारी शक्तिलाई विभिन्न उद्योगहरूमा सशक्त बनाउनु आवश्यक रहेको महसुस गरिएको छ। यसका साथै कौशल विकास र उद्यमशीलता मन्त्रालय (एमएसडीई)ले एक बलियो उद्यमशील वातावरणलाई बढुवा/निर्माण गर्दै युवा र महिलाहरूलाई रोजगार खोज्नेहरूबाट रोजगारी प्रदायकहरूमा परिवर्तन गर्दै विकसित भारतको समृद्धिमा योगदान पुर्याउँदैछ। एमएसडीईले सक्रियताका साथ विभिन्न प्रकारका कौशलतामूलक कार्यक्रमहरू कार्यान्वयन गर्दैछ र सीप तालिम संस्थानहरू र यसको प्रमुख योजना-प्रधानमन्त्री कौशल विकास योजना (पीएमकेभीवाई) मार्फत सीप विकास पहलहरूलाई तीव्रता दिइरहेको छ। प्रधानमन्त्री कौशल विकास योजना (पीएमकेभीवाई)अन्तर्गत सन् २०१५ मा स्थापना भएदेखि यता 1.५ करोड भन्दा बढी युवाहरूलाई सीप प्रशिक्षित गरिएको छ।
एम/एस सिक्किम ह्यान्डलूम र ह्यान्डीक्राफ्ट्सकी संस्थापक शितल तामाङको प्रेरणादायी कथा सरकारको प्रतिबद्धताको प्रमाणको रूपमा खडा छ। स्किल इण्डिया मिशनअन्तर्गत तालिम प्राप्त गरिसकेपछि उनले सस्तकलाको लागि आफ्नो उत्साहलाई सीप विकास र रोजगारी सिर्जनाको लागि समर्पित खोजमा परिणत गरिन्। शितलको यात्राले कौशलता र उद्यमशीलताको परिवर्तनकारी शक्तिको उदाहरण दिन्छ, जसले असीमित सम्भावनाको स्थापना गर्दछ र केही गरिछाड्ने महत्वकांक्षा र प्रतिबद्धताका साथ उद्देश्य पूरा गर्दा उत्पन्न हुन्छ।
सन् २०१३ मा हस्तकला उत्पादनहरू सिर्जना गर्ने उनको मनमा रहेको आकांक्षा र उद्देश्य पत्ता लगाउनदेखि सन् २०१४ देखि सन् २०१७ सम्म स्किल इण्डिया मिशनका कार्यक्रमहरूमा सक्रिय रूपमा संलग्न हुनसम्म, शितलको उद्यमशीलता सन् २०१७ मा आरम्भ भयो। सात जनाको समूह लिएर, उनले शुद्ध कपासको प्रयोग गर्दै पर्यावरण मैत्री अभ्यासहरू एकीकरण गरेर दिगो भविष्य सिर्जना गर्ने दिशामा यात्रा आरम्भ गरिन्। यसलाई एक कदम अगाडी बढाउँदै अलैंची जस्ता सुख्खा बिरुवालाई उनको उत्पादन प्रक्रियामा निर्बाध रूपमा एकीकृत गरिएको छ, जसले दिगोपनप्रतिको प्रतिबद्धता झल्काउँछ। आज, २० जनाको टोलीलाई नेतृत्व दिँदै, शितलको उद्यम आशाको किरणको रूपमा खडा छ र यसले रोजगारी प्रदान गर्नसाथै सामुदायिक विकासमा योगदान पुर्याइरहेको छ।
शितल तामाङको अटल समर्पणले प्रशंसा कमाएको छ र उनको उद्यमलाई सामुदायिक विकास, दिगो अभ्यास र गुणस्तरीय शिल्प कौशलमा योगदानको लागि मान्यता दिइएको छ। भर्खरै गणतन्त्र दिवस समारोहमा अतिथिको रूपमा सम्मानित भएकी उनले सीपहरूमा वृद्धि गर्न र समस्या समाधान गर्ने क्षमता र बजार व्यवस्थापनमा आफ्नो प्रतिभा छुट्याउनको लागि स्किल इण्डिया मिशनको प्रशंसा गरिन्। शितलले आफ्नो जीवनलाई परिवर्तन गरी सफलताको बाटोमा लैजानका लागि माननीय प्रधानमन्त्री र एमएसडीईप्रति कृतज्ञता व्यक्त गरिन्। विगत एक दशकमा, उद्यमशीलता मार्फत महिला सशक्तिकरण र उनीहरूको जीवनको गुणस्तर सुधार गर्ने प्रयासहरूमा उल्लेखनीय वृद्धि भएको छ। यस अवधिमा उच्च शिक्षामा महिला सहभागिता २८ प्रतिशतले उल्लेख्य वृद्धि भएको छ। मासिक आम्दानी २१०,००० रूपियाँ (वार्षिक २५ लाख भन्दा बढी), शितल तामाङले आफ्नो उद्यम विस्तार गर्ने र नयाँ बजारहरू खोज्ने र थप जीवनमा सकारात्मक प्रभाव पार्ने आकांक्षा राखिन्। उनको यात्रा व्यवसायिक सफलताको बारेमा मात्र नभएर सामाजिक-आर्थिक वृद्धि र वातावरणीय चेतनाको प्रतिपादक हो।










