सिलगढीमा नाबालिका छात्रालाई यौन उत्पीडन गर्ने आरोपी शिक्षक अदालतमा पेश

Screenshot_20240209_140322_Samsung-Internet.jpg

सिलगढी: नाबालिका छात्रालाई यौन उत्पीडन गर्ने आरोपी शिक्षक मोहम्मद आलमलाई आज सिलगढी अदालतमा पेश गरियो। घटनापछि नै आरोपी शिक्षक मोहम्मद आलमलाई सिलगढी महिला थाना पुलिसले पक्राउ गरेको थियो। तथापि, अस्वस्थ्य रहेकोले गर्दा तिनी सिलगढीको सेभोक रोडस्थित एउटा नर्सिङ होममा भर्ना थिए। हिजो नर्सिङ होमबाट छुट्टी दिनसाथ सिलगढी महिला थाना पुलिसले आज तिनलाई सिलगढी अदालतमा पेश गर्यो। आज सिलगढी जिल्ला अस्पतालमा तिनको मेडिकल जाँच गरेपछि सिलगढी अदालतमा पेश गरेको बताइएको छ।

About Author

Advertisement