साफ अण्डर-१९ महिला फूटबलमा भारत र बंग्लादेश संयुक्त रूपले च्याम्पियन

IMG-20240209-WA0092.jpg

ढाका: साफ अण्डर-१९ महिला फूटबल च्याम्पियनशीपमा भारत र आयोजक बंग्लादेशलाई संयुक्त विजेता घोषित गरियो। ढाकाको बीएसएसएसएमके स्टेडियममा बिहीवार भएको फाइनलमा शिबानी देवी नोंगमेईकापामले भारतलाई शुरुमै बढ़त दिलाइन्। त्यसपछि भारत लगभग अन्तिम समयसम्म पनि १-०-को बढ़तमा रहेको थियो तर इञ्ज्युरी टाइममा बंग्लादेशकी सागोरिकाले गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याइन्। त्यसपछि पेनल्टी शूटआउट शुरु भयो, जसमा संयोगले फेरि स्कोर ११-११-को बराबरीमा अल्झियो। वास्तवमा दुवै टीमकी सबै खेलाड़ीहरूले गोलीलाई नेटमा हालिन्। त्यसपछि रेफरीले च्याम्पियन टीमको चयन गर्न दुवै टीमकी कप्तानलाई बोलाएर टस गर्ने फसेला गरे। टस भारतको पक्षमा रह्यो अनि भारतीय खेलाड़ीहरूले मैदानमा खुशीयाली मनाउन थालिन्। यसबीच बंग्लादेशकी खेलाड़ीहरूले चाहिँ विरोध जनाउँदै अबेरसम्म मैदान छोड़्न अस्वीकार गरिन्। यस घटनाले मैदानमा तनाउको माहोल सृष्टि भयो अनि दर्शकहरूले पनि उत्तेजित भएर मैदानमा बोतल फ्याँक्न थाले। अन्तमा म्याच आयुक्तले आफ्नो फसेला बद्लिएर भारत र बंग्लादेशलाई संयुक्त विजेता घोषित गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *