प्रतिष्ठित केपी ओली कप फूटबल च्याम्पियनशीपमा चुनौती पेश गर्न तयार मानेभञ्ज्यांग एफसी

IMG-20240209-WA0088.jpg

मानेभञ्ज्यांग: नेपालको राजधानी काठमाडौंमा हुने प्रतिष्ठित केपी ओली कप फूटबल च्याम्पियनशीपमा हिस्सा लिन आमन्त्रित मानेभञ्ज्यांग फूटबल क्लबले आफ्नो तयारी शुरु गरेको छ। आउँदो २३ फरवरीदेखि शुरु हुने यस फूटबल टुर्नामेण्टमा मानेभञ्ज्यांग एफसी-को साथमा ज्वालाखेल वाईसी, केपी ओली फूटबल क्लब, चर्च बोइज युनाइटेड, मनांग मर्स्यांग्दी, थ्री स्टार क्लब, दिल्ली फूटबल क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब र मचिन्द्र फूटबल क्लबको टीमले हिस्सा लिनेछ। टुर्नामेण्टमा मानेभञ्ज्यांग एफसी-को म्याच २६ फरवरीमा भारतकै दिल्ली फूटबल क्लबसँग रहेको छ। टुर्नामेण्टका म्याचहरू एएनएफए कम्प्लेक्स र दशरथ स्टेडियममा खेलिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *