वनडे म्याच ४०-४० ओभरको गर्ने फिञ्चको सल्लाह

IMG-20240208-WA0150.jpg

मेलबर्न: धेरभन्दा धेर दर्शकहरूलाई आकर्षित गर्न अनि प्रारूपको लोकप्रियता बढ़ाउन अष्ट्रेलियाई क्रिकेट टोलीका पूर्व कप्तान तथा ओपनिंग ब्याटर एरोन फिञ्चले वनडे इण्टरनेशनल म्याचहरूमा ओभरहरूका सङ्ख्या ५०-बाट घटाएर ४० गर्ने सल्लाह दिएका छन्। फिञ्चले बताएअनुसार, अहिले १०० ओभरको वनडे प्रारूप धेरै लामो र नीरस बनेको छ। भारतमा गत वर्ष भएको आईसीसी वनडे वर्ल्ड कपको व्यापक सफलता र टुर्नामेण्टलाई प्राप्त भएको सकारात्मक प्रतिक्रियापछि पनि यस प्रारूपको प्रास‌ंगिकता र लोकप्रियता हराउँदै गएको विषयमा बहस जारी छ। टी२० क्रिकेटले आफ्नो तेज गति र फ्रेञ्चाइजी आधारित लीगहरूले गर्दा तेजीको साथ लोकप्रियता हासिल गरिरहेको छ। फिञ्चले भने, मेरो विचारमा वनडे म्याचहरू ४०-४० ओभरको हुनु पर्नेछ। मैले ईंग्ल्याण्डमा यस्तो (प्रो-४०) म्याच देखेको थिएँ। त्यो एउटा ठूलो प्रतियोगिता थियो। मेरो विचारमा वर्तमान प्रारूप धेरै लामो र नीरस रहेको छ। म्याचको गति पनि धीमा हुन्छ। यसैकारण मानिसहरू टी२० प्रारूपमा अधिक आकर्षित भइरहेका छन्। वनडे म्याचहरूमा दर्शकहरूलाई आकर्षित गर्न ओभरहरूका संख्या ४० गरिनु जरूरी भएको छ। अहिले दर्शकहरू तेज खेल हेर्न चाहन्छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *