दुष्कर्मका आरोपहरूलाई झूटो बताए हकी खेलाड़ी वरुणले

IMG-20240208-WA0145.jpg

नयाँ दिल्ली: पोक्सो कानूनअन्तर्गत दुष्कर्मका आरोपी तथा अर्जुन पुरस्कार विजेता भारतीय हकी खेलाड़ी वरुण कुमारले यस पूरा मामिलालाई उनको पैसा लुट्ने सुनियोजित प्रयास बताउँदै आफूमाथि लगाएका आरोपहरू विरुद्ध कानूनी विकल्प खोज्नको निम्ति भुवनेश्वरमा हुने एफआईएच प्रो लीगबाट नाम फिर्ता लिएका छन्। हकी इण्डियाले यस २८ वर्षीय खेलाड़ीलाई तत्काल अवकाश दिएका छन् कारण यस खेलाड़ीले उनको मानसिक र शारीरिक स्वास्थ्यमाथि प्रभाव परेको बताएका थिए। सोमवार एकजना महिलाले उनी नाबालिग (१७ वर्षकी) हुँदा वरुणले धेरैपल्ट दुष्कर्म गरेको आरोप लगाएपछि बेंगलुरु पुलिसले यस खेलाड़ी विरुद्ध मामिला दर्ता गरेको थियो। त्यस २२ वर्षीय महिलाले उनी २०१८ मा इन्स्टाग्रामको माध्यमले वरुणसँग सम्पर्कमा आएको अनि उनी १७ सालकी हुँदा यस खेलाड़ीले विवाहको झूटो वाचा गरी धेरैपल्ट दुष्कर्म गरेको आरोप लगाएकी थिइन्।
हकी इण्डियाका अध्यक्ष दिलीप तिर्कीलाई लेखेको पत्रमा वरुणले उनी विरुद्ध दर्ता गरिएको नालिश झूटो रहेको दावी गरेका छन्। पत्रको एउटा प्रति पीटीआई-सँग पनि रहेको छ। वरुणले पत्रमा लेखेका छन्, जुन युवतीसँग म पूर्वमा सम्बन्धमा थिए उनले म विरुद्ध झूटो मामिला दर्ता गरेको अनि यस मामिलामा बेंगलुरुमा प्राथमिकी दर्ता गरिएको मैले मीडिया रिपोर्टबाट थाहा पाएँ तर यस सम्बन्धमा कुनै पुलिस अधिकारीले मसँग सम्पर्क गरेको छैनन्। यो मामिला अरू केही नभएर मबाट पैसा लुट्ने अनि मेरो प्रतिष्ठा र छविलाई धमिल्याउने एउटा सुनियोजित प्रयास हो। यस प्रकारको मामिलाले मेरो करियर र छवि धमिलिने कुरा त्यस महिलालाई थाहा छ। प्रो लीग म्याचहरूका निम्ति भुवनेश्वरमा भारतीय टीमसँग रहने वरुणले यस आरोपहरू विरुद्ध कानूनी लड़ाई लड़्ने बताएका छन्। उनले पत्रमा लेखेका छन्, आफ्नो कानूनी अधिकारहरू उपयोग गर्न मलाई एकाडमीबाट तुरन्त अवकाशको आवश्यकता छ। यसैकारण दुर्भाग्यले म प्रो लीगमा हिस्सा लिन सक्ने छुइनँ। मूल रूपले हिमाचल प्रदेशका वासिन्दा वरुणले साल २०१७-मा भारतीय टीमबाट पदार्पण (डेब्यू) गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *