भू-वैज्ञानिकमाथि सचेतना कार्यक्रम आयोजित

IMG-20240208-WA0148.jpg

गान्तोक: मंगन जिल्लाकको काबी खण्ड प्रशासनिक केन्द्रमा हिजो खानी एवम् भू-विज्ञानको पहलमा भूवैज्ञानिकमाथि सचेतना कार्यक्रम आयोजना गऱ्यो। सो कार्यक्रममा कावि खण्ड प्रशासनिक केन्द्रका सहनिर्देशक मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने लिङदोक ग्राम पञ्चायत यूनिटका सहनिर्देशक, एसएचजीका सदस्य लगायत स्थानीयहरूको पनि उपस्थिति रहेको थियो। ग्रामीण क्षेत्रमा घर निर्माणका लागि स्थिर स्थल छनोटको महत्वमा विशेष ध्यान दिँदै भूवैज्ञानिक सचेतना कार्यक्रमको महत्वबारे संक्षिप्तरूपमा संयुक्त निर्देशक के.के लुइटेलले जानकारी गराए। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य स्थानीय तहमा विशेषगरी ग्रामीण क्षेत्रमा भौगर्भिक जोखिम र न्यूनीकरणका बारेमा जनचेतना जगाउनु रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement