हेभेन्ली निर्वाण पाथले १५ दिनको आमश शिविर आयोजना गर्ने

IMG-20230410-WA0169-11-300x172-3

गान्तोक: आध्यात्मिक संस्थान हेभेन्ली निर्वाण पाथले दक्षिण सिक्किमको जोरथाङ खेल मैदानमा फेरि एकपल्ट आमश (आत्म, मन र शरीर) स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। आगामी १० देखि २५ फरवरीसम्म चल्ने यस शिविरलाई सुपर मेगा हेल्थ क्याम्पको संज्ञा दिइएको छ।

प्रायःजसो आमश स्वास्थ्य शिविर तीनदेखि ५ दिनको हुन्छ, तर यसपल्ट अधिकभन्दा अधिक बिमारीलाई लाभ पुगोस भन्ने ध्येयले १६ दिनव्यापी विराट शिविर आयोजना गरिएकोले सुपर मेगा हेल्थ क्याम्प भनिएको आयोजक पक्षको भनाइ रहेको छ।

यस शिविर अवधि आमश साथै प्रेमवादका प्रणेता मास्टर गड एञ्चल स्वंय उपस्थित रहेर रोगीहरूको सेवा गर्नुको साथै श्रद्धालुहरूलाई आशिर्वाद दिने बताइएको छ। हेभेन्ली निर्वाण पाथ सिक्किमका प्रतिनिधि तथा जोरथाङ आमश स्वास्थ्य शिविर आयोजन समितिका अध्यक्ष स्वामी व्यासानन्दले जानकारी गराएअनुसार शिविरको अन्तिम दिन मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रुपमा उपस्थित रहनेछन्। त्यसै अवसरमा केही दिन अघि हेभेन्ली निर्वाण पाथको तत्वावधानमा आयोजित मिनि ओलम्पिकका विजेता अनि उपविजेता खेलाड़ीहरूलाई पारितोषिक पनि वितरण गरिने बताइएको छ।

उल्लेखनीय छ, हेभेन्ली निर्वाण पाथले सिक्किम राज्यमा नियमित रुपमा आमश स्वास्थ्य शिविरको आयोजना गर्ने गरेको छ, जसबाट् हजारौं-लाखौं शारीरिक एवं मानसिक रोगीले लाभ प्राप्त गरेको दावी गरिएको छ। काटेको र भाँच्चिएको बिमार बाहेक अन्य सबै बिमारको उपचार यस स्वास्थ्य शिविरमा निःशुल्क हुने गरेको स्वामी व्यासानन्दको भनाइ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement