कोलकाताः ईडी अधिकारीहरूमाथि भएको आक्रमणको घटनालाई लिएर चर्चामा आएको उत्तर २४ परगनाको सन्देशखालीमा बिहीवार भागेका तृणमूल नेता शेख शाहजहाँलाई पक्राउ गर्नुपर्ने मागलाई लिएर ठूलो संख्यामा मानिसहरू लट्ठी आदि लिएर सड़कमा उत्रिए। यसमा अधिकांश महिलाहरू सामेल थिए। यी महिलाहरू सत्तारूढ़ पार्टी तृणमूल कंग्रेससित सम्बन्धित हुन्। यिनीहरूको माग छ, शाहजहाँसितै ब्लक अध्यक्ष शिवप्रसाद हाजरा र उनको साथी उत्तम सरदारलाई पनि पक्राउ गरियोस्।
यी महिलाहरूको भनाइ छ, शाहजहाँ अपराधी हो। विगत लामो समयदेखिकै आपराधिक गतिविधिहरूको कारणले क्षेत्रका मानिसहरूको लागि उ समस्याको कारण बन्दै आइरहेको छ। ईडी अधिकारीहरूमाथि भएको आक्रमणको कारणले मानिसहरू समस्यामा परेका छन्। यी महिलाहरूले भने, उनीहरू स्वयं पनि सत्तारूढ़ पार्टीसित सम्बन्धित छन्, तर शाहजहाँको कारणले पार्टीको बदनाम भइरहेको छ। यसैले उनीहरू सड़कमा उत्रेका हुन्।
उल्लेख्य, गत केही दिनअघि सन्देशखालीमा तृणमूल नेता शेख शाहजहाँको घरमा छापामारी गर्न आएका ईडी अधिकारीहरूलाई घेरेर लगभग एक हजार मानिसहरूको भीड़ले आक्रमण गरेको थियो।
-हिस