बंगाल विधानसभाः बजेट सत्र अवधि राष्ट्रगीतको अपमान गरेको ममतामाथि आरोप

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः पश्चिम बंगाल विधानसभामा बिहीवार राज्य सरकारको पक्षबाट बजेट पेश गरियो। मन्त्री चन्द्रिमा भट्टचारयले बजेट पेश गरिन्। यसै अवधि मुख्यमन्त्री ममता ब्यनर्जीमाथि राष्ट्रिय गीतको अपमान गरेको आरोप लागेको छ। वास्तवमा बजेट पेश गर्नअघि राज्य सरकारद्वारा राज्य गीत गाइयो। अर्कोतिर बजेट पेश गर्ने शुरूआत हुनसाथ भाजपा विधायकहरूले राष्ट्रगीत गाइरहेका थिए। त्यसबेला मुख्यमन्त्री ममता ब्यनर्जीले टिप्पणी गर्दै राज्य गीतमाथि आफ्नो कुरा राखिन जसलाई लिएर उनीमाथि राष्ट्रिय गीतको अपमान गरेको आरोप लागेको छ।

नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले भनेका छन्, देश र राष्ट्रिय गीतको अपमान गर्ने ममता ब्यनर्जीको आदतै भइसकेको छ। यद्यपि यसको विरोधमा पार्टीको तर्फबाट कुनै सिकायत दर्ता गराइन्छ वा गराइँदैन त्यसबारे शुभेन्दु अधिकारीले केही पनि स्पष्ट पारेनन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement