खरसाङ: आकाशवाणी खरसाङको समाचार एकांशमा समाचार लेखन, समाचार वाचन समाचारसित सम्बन्धित विषयहरूमा दुई दिवसीय कार्यशाला शुरू भएको छ। समाचार एकांशको आकस्मिक समाचार वाचक र
सम्पादकहरूलाई लिएर आजदेखि दुई दिवसीय कार्यशाला शुरू भएको छ। उक्त कार्यशालाको पहिलो दिनक पहिलो सत्रमा परिचय साथै स्वागत कार्यक्रम सम्पन्न भएको छ। समाचार वाचिका उषाकिरण लामाले सञ्चालन गरेको कार्यक्रममा उपस्थित अतिथिहरू क्रमैले क्लष्टर हेड जितेनकुमार रोय, आरएनयु हेड मानस प्रतिम शर्मा, दिल्लीबाट आएका स्रोत व्यक्ति रनधीर ठाकुर, आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र अाले आदिलाई स्वागत जनाउँदै खदार्पणसहित स्मृति चिन्ह प्रदान गरिएको थियो। कार्यक्रममा समाचार लेखन, सम्पादन र वाचन विषयमा कार्यशाला गरिएको थियो। कार्यक्रममा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आले, आरएनयु हेड मानस प्रतिम शर्मा, क्लष्टर हेड जितेनकुमार रोय आदिले समाचार विषयमा वक्तव्य राखेका थिए। कार्यशालामा दिल्लीबाट आएका स्रोत व्यक्ति रनधीर ठाकुरले समाचार र सामाजिक सञ्जालको प्रयोग विषयमा कार्यशाला गराएका थिए। उनले आकाशवाणीको समाचारलाई विभिन्न सामाजिक सञ्जाल माध्यमहरूमा कसरी सेयर गर्न सकिन्छ भन्ने विषयमा जागरूकतामूलक जानकारीहरू गराएका थिए। पहिलो दिनको दोस्रो सत्रको कार्यशालामा आकाशवाणी खरसाङको समाचार एकांशका प्रमुख अशोक चौरासियाले समाचार लेखन, वाचन र सम्पादन विषयमा विस्तृत रूपमा जानकारी गराउँदै वक्तव्य राखेका थिए। यस कार्यशालामा आकाशवाणी खरसाङको पूर्व वरिष्ठ उदघोषिका छिरिङ लक्की शेर्पाले समाचार वाचन विषयमा सचेतनामूलक जानकारी गराएका थिए। उक्त कार्यशाला शुक्रबार पनि चल्नेछ।