मणिपुरमा इन्धन चुहावटले बढ्यो जलप्रदूषणको चिन्ता

Untitled-1-copy-32

इम्फाल: मणिपुर सरकारले राज्यको कांगपोक्पी जिल्लाको लिमाखोङ पावर स्टेशनमा १० जनवरीमा भएको इन्धन चुहावटको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेका छन्। स्थानीय बासिन्दा बसोबास गर्ने कान्तो सबल र सेकमाई गाउँहरू संलग्न नदीमा इन्धन बगेकोले पानी प्रदुषित भएको बताइएको छ भने जीविकोपार्जनको लागि यही नदीको बगरमा स्थानीय बासिन्दाहरू निर्भर रहेको र यी नदीका धाराहरू अन्ततः इम्फाल नदीको तल्लो भागमा मिसिन्छन्, जुन यस क्षेत्रको लागि महत्त्वपूर्ण पानीको स्रोत रहेको बताइएको छ। इन्धन मिसिएको पानीको धारामा आगो लागेपछि राज्यले निष्क्रिय लिमाखोङ विद्युत केन्द्रबाट इन्धन चुहावट भएको भन्दै सूचना जारी गरेको थियो। इन्धनको बढ्दो मूल्य र त्रुटिपूर्ण इन्जिनलाई नियमित मरम्मती गर्नुपर्ने बाध्यताका कारण चर्को सञ्चालन लागतका कारण विद्युत् केन्द्र एक दशकअघि निष्क्रिय बनाइएको थियो। मणिपुर स्टेट पावर कम्पनी लिमिटेड (MSPCL) ले चुहावटको सम्बन्धमा चोरी र डकैतीको रिपोर्ट गरेका छन् भने बफर ट्याङ्कीलाई मुख्य इन्जिनमा जोड्ने पाइपलाइन काटिएको र त्यसले गर्दा लिकेज भएको एमपीसीएलका प्रबन्धन निर्देशक सुभाषचन्द्र सिंहले जनाएका छन्। तिनले स्टेसन एक दशकदेखि बन्द रहेकोले तेलको सही मात्रा निर्धारण गर्न असमर्थ बनेको तर बफर ट्याङ्कीमा करिब ५–१० किलो लिटर (Kl) तेल लिक भएको अनुमान गरेका छन्। तत्काल हस्तक्षेप र इन्धन चुहावटको नतिजा सरकारी अधिकारीहरू र स्थानीय मानिसहरूले समयमै हस्तक्षेप नगरेको भए स्पिलओभर इम्फाल नदीको तल्लो भागमा बगेर लोकतक तालमा मिस्सिन पुग्थ्यो। अधिकारी र गाउँलेहरूले मार्थमोभर प्रयोग गरेर तेललाई धान खेतपट्टी मोडेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement