कालचिनीः कालचिनी खण्डको मधु चियाबारीमा रासन वितरणमा व्यापक अनियमितता भइरहेको र रासन एकसाथ अनि समयमा नपाएको जनगुनासो उठेपछि बिहीबार तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिन लगायत उपाध्यक्ष ओमदास लोहार लगायत साताली अञ्चल सभापति कैलाश विश्वकर्मा एवम् अन्यान्य रासन वितरण केन्द्रमा पुगेका थिए। रासन लिन आएका मानिसहरूले रासन कहिले कम पाएको कहिले विभिन्न प्रकारको बहानाबाजी गर्ने गरेको गुनासो पोखेको थियो।
यता अनियमितता लिएर ब्लक सभापति असिम पाख्रिनले कालचिनी फूड इन्स्पेक्टर एवम् अन्यान्य अधिकारीहरूसित वार्तालाप गर्दा कोपरेटिभबाट रासन आधाकल्चो आइरहेको र यसलाई कसरी ठीक गर्ने सो बारे पहल भइरहेको आश्वासन पाएको जनाएका छन्।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




