वर्तमान समयमा शरीरको उचित हेरचाह गर्न धेरै महत्त्वपूर्ण छ। अहिले हिउँदको मौसम चलिरहेको छ। यस्तो समयमा अलिकति लापरवाहीले चिसो लाग्ने खतरा हुन्छ। चिसोबाट बच्न मानिसहरू धेरै प्रकारका औषधीहरू पनि प्रयोग गर्छन्। यस्ता केही प्राकृतिक चिजहरू छन्, जसले चिसोबाट मात्र मुक्ति दिलाउने मात्र होइन क्यान्सर जस्ता गम्भीर रोगबाट पनि बच्न सकिन्छ।
मेथीमा न्यानो प्रभाव हुन्छ, त्यसैले जाडोमा यसको साग खाने गरिन्छ । यसलाई तरकारी, पराठा, सागसब्जीको रुपमा खाने गरिन्छ। यसमा भिटामिन, आइरन, मिनरल्स र फाइबर प्रचुर मात्रामा पाइन्छ। मेथीले कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै चिनीको मात्रा घटाउन पनि सहयोग गर्छ । दैनिक २०० देखि ३०० ग्राम मेथी खाँदा धेरै रोगबाट बच्न सकिन्छ। हरियो मटर चाहे पुलाउ होस् वा तरकारी जुनसुकै रूपमा खानुका लागि स्वाद धेरै राम्रो हुन्छ। मटर धेरै लाभदायक छ। १०० ग्राम मटरबाट ६० क्यालोरी खपत गर्नुहुन्छ। यसमा कम क्यालोरी र अधिक पोषण छ। हालै गरिएको एक अध्ययनका अनुसार मटरले पेटको क्यान्सरलाई धेरै हदसम्म कम गर्छ।