चोटले गर्दा डेरिल मिचेल दोस्रो टेस्ट र टी२० सीरीजबाट बाहिर

IMG-20240208-WA0126.jpg

सिडनी: न्यूजील्याण्डका दिग्गज ब्याटर डेरिल मिचेल खुट्टाको चोटले गर्दा दक्षिण अफ्रिका विरुद्ध दोस्रो टेस्ट म्याच अनि अष्ट्रेलिया विरुद्ध आउँदो टी२० सीरीजबाट बाहिर भएका छन्। मिचेल गत ६-७ महिनादेखि चोटको समस्यासँग जुझिरहेका छन्। उनले टेस्ट क्रिकेटमा ५३.४६-को औसतले रन बनाएका छन्। चोटले गर्दा नै उनलाई जनवरीमा पाकिस्तान विरुद्ध अन्तिम टी२० म्याचमा आराम दिइएको थियो। यसपाली चाहिँ न्यूजील्याण्डका चयनकर्ताहरूले अष्ट्रेलिया विरुद्ध हुने दुईवटा टेस्ट म्याचको सीरीजको निम्ति शत प्रतिशत फिट हुन मिचेललाई टीमबाट बाहिर राख्ने फसेला गरेका छन्। न्यूजील्याण्डका प्रशिक्षक ग्यारी स्टीडले भने, हामीले उनलाई पहिला सामान्य आराम दिएका थियौं तर अहिले चोटमाथि चिकित्सीय परामर्शपछि उनलाई लामो समयको निम्ति आरामको आवश्यकता रहेको अनुभव भयो। उनलाई टीमबाट बाहिर राख्नु मुश्किल फसेला थियो तर हामीले उनी र टीम दुवैको हितलाई ध्यानमा राखेर यस्तो फसेला लियौं। चोटमुक्त हुन उनले अब लगभग ३ हप्ताको समय पाउनेछन्।
उनले भने, यस समयावधिमा उनी शत प्रतिशत फिट हुने कुनै ग्यारण्टी छैन अनि उनको स्थितिमा चाहिँ अवश्यै सुधार आउनेछ। अब डेरिल मिचेलको स्थानमा विल यंगलाई अतिरिक्त ब्याटरको रूपमा न्यूजील्याण्ड टीममा सामेल गरिने सम्भावना छ। यसको साथमा ग्लेन फिलिप्स र मिचेल सेण्टनरको ब्याटिंग क्रममा पदोन्नति गरेर टीमलाई फेरि सन्तुलित गर्ने सम्भावना पनि रहेको छ। स्टीडले भने, विल निश्चित रूपले विकल्पहरूमा एक हुन्। उनलाई ब्याकअप्-को रूपमा रहनेछन्। यसबाहेक ग्लेन फिलिप्स पनि उपयोगी छन्। हामी अहिले उपलब्ध टीमसँग खुशी छौं। डेरिलको कमी हामीलाई अवश्यै अनुभव हुनेछ तर अन्य खेलाड़ीहरू पनि चुनौतीहरूको सामना गर्न सक्षम छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *