स्कूल यूनिफर्ममा गड़बड़ी गर्नेहरूविरूद्ध एफआईआर दर्ता हुनेछ: मुख्यमन्त्री सरमा

deccanherald_2024-02_9393d6d1-2825-40bb-b95d-df4457a406f5_PTI10_13_2023_000178B.jpg

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, राज्यका प्राथमिक विद्यालयहरूका विद्यार्थीहरूलाई प्रदान गरिरहेको यूनिफर्मलाई लिएर गड़बड़ी गर्नेहरूविरूद्ध प्राथमिकी दर्ता गरिनेछ।

उनले भने, स्कूल यूनिफर्म र स्कूलको मध्यान्ह भोजनमा हुने कुनै पनि प्रकारको अनियमिततालाई सरकारले सहन गर्नेछैन।

मुख्यमन्त्री डा. सरमाले आज असम विधानसभाको बजेट कालीन सत्रको चौथो दिन प्रश्नकाल अवधि विधायक धर्मेश्वर कुमारद्वारा मध्यान्ह भोजनसित सम्बन्धित सोधिएको एक पूरक प्रश्नको जवाफ दिरहेका थिए। मुख्यमन्त्रीले विधायकहरूसित आग्रह गरे, आ-आफ्नो क्षेत्रको स्कूल यूनिफर्म र मध्यान्य भोजनमाथि कड़ा नजर राखियोस्। ती स्कूलहरूविरूद्ध एफआईआर दर्ता गराइयोस् जहाँ सरकारद्वारा यूनिफर्मको निम्ति आवन्टित धनको दुरूपयोग गरिँदैछ।

उनले यस अवधि सबै स्कूलहरूसित अपील गरे, उनीहरूले एक समान मानदण्डहरूमाथि आधारित मध्यान्ह भोजन तथा स्कूल यूनिफर्म विद्यार्थीहरूलाई उपलब्ध गराउन्। उनले भने, यस वर्ष विद्यार्थीहरूलाई गुणस्तरीय यूनिफर्म उपलब्ध गराउने सरकारको मिशन छ। यद्यपि उनले यो पनि भने, केही स्कूलहरूले नानीहरूलाई यूनिफर्म दिँदा गुणस्तरलाई ध्यानमा राख्ने गर्दछन् भने केही स्कूलहरू यस्ता पनि छन् जसले यसलाई कुशलतापूर्वक प्रयोग गर्न सक्दैनन्।

मुख्यमन्त्रीले भिन्न-भिन्न गुणस्तरको स्कूल यूनिफर्म तथा मध्यान्ह भोजन दिइएकोमा चिन्ता व्यक्त गर्दै भने, यसपालि विद्यार्थीहरूलाई पूर्ण रूपले स्कूल यूनिफर्म दिइयोस्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *