बैकुण्ठपुर जङ्गल संलग्न शिवनाथपाडामा जंगली हात्तीको ताण्डव

0c90f8f8-59e0-460a-b7b4-5ebbae14e51b-1024x576.jpg

राजगञ्ज: आमबारी बैकुण्ठपुर जङ्गल संलग्न शिवनाथपाडामा हात्तीको हमलामा ४ वटा घर क्षतिग्रस्त बनेको घटनापछि इलाकावासी आतङ्कित बनेका छन्।जानकारी अनुसार गत राति दुइवटा हात्तीले शिवनाथपाडामा ताण्डव मच्चाएर चारवटा घर क्षतिग्रस्त बनाइदिनको साथै घरमा रहेको चामल-दाल लगायत अन्य सामग्रीहरू खाइदिएको बताइएको छ। इलाकाका मानिसहरूले कुनै प्रकारले घरबाट बाहिर निस्केर आफ्नो प्राण बचाए। घटनाको खबर पाएर आमबारी रेञ्जका वन कर्मीहरू घटनास्थलमा पुगेका थिए। स्थानीय बिट अफिसरले बताएअनुसार जङ्गलमा खानेकुरोको कमीले गर्दा आहारको खोजीमा हात्तीहरू आवासीय इलाकामा पस्ने गर्दछ। गत राति पनि दुइवटा जङ्गली हात्ती शिवनाथपाडा इलाकामा पसेर चारवटा घरमा ताण्डव मच्चाएको छ। क्षतिग्रस्त परिवारलाई वन विभागले नियम अनुसार सहयोग गर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *