उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्ला अधिनस्थ करणदिघीको तुंगीदिघी बस स्ट्याण्ड क्षेत्रको राष्ट्रिय राजमार्ग संख्या १२ (पुरानो संख्या ३४)-मा बितेको बुधवार अबेर राती भएको एक सड़क दुर्घटनामा सिभिक भोलेन्टियर सहित चारजना मानिसहरूको मृत्यु भयो भने २२ जना घाइते भए।
प्राप्त जानकारी अनुसार मकै लादिएको एक लरी अनियन्त्रित भएर दुईवटा गुड़्दै गरेका वाहनहरूसित ठोक्किएपछि पल्टियो। गम्भीर रूपमा घाइते पाँचजना मानिसहरूलाई लरी मुनिबाट निकालियो जसको उपचार राजयगञ्ज मेडिकल अस्पतालमा भइरहेको छ। अन्य घाइतेहरूलाई करणदिघी ब्लक अस्पतालमा भर्ती गरिएको छ।
प्रत्यक्षदर्शीहरू अनुसार मकै लादिएको लरी तीव्र गतिमा रायगञ्ज तर्फ आइरहेको थियो। यसै क्रममा तुंगीदिघीमा पुगेपछि लरीले यात्रीहरूले भरिएको एक पिकअप भ्यानलाई ठक्कर दियो जसले गर्दा पिकअप भ्यान पल्टियो। त्यसपछि १८ चक्के लरी एक स्कर्पियो कारसित ठोक्किएर राष्ट्रिय राजमार्गमा पल्टियो। यस घटनामा एक सिभिक भोलेन्टियरको घटनास्थलमै मृत्य भयो। साथै यात्री प्रतीक्षालय अघिल्लोतिर बस फर्किरहेका केही मानसिहरू पनि घाइते भए भने सड़क पार गर्दा लरीको चपेटमा परेर एकजना साइकल सवार गम्भीर रूपमा घाइते भए।
मृत सिभिक भोलेन्टियरको पहिचान मोहम्मद मोहिबुल हल (२७)- को रूपमा गरिएको छ। प्रदीप सिंह (२६) नामक अर्को एकजना व्यक्तिको पनि मृत्यु भएको छ। अन्य मृतकहरूको पहिचान गर्ने प्रयास जारी थियो। भनिन्छ, मृतकहरू स्थानीय हुन्। घाइते हरिपद मण्डल, इन्द्रजीत पाल, सन्तोष शर्मा, रक्तिम सरकार र अन्यलाई अस्पतालमा भर्ती गरिएको छ।
दुर्घटनाको सूचना पाएर अग्निशमन विभाग र आपदा प्रबन्धन टीम सहित ठूलो संख्यामा पुलिस बल दुर्घटनास्थलमा पुग्यो। लरीको मुनिबाट शवहरूलाई निकालेर पोस्टमर्टमको लागि पठाइयो।