पश्चिम बंगाल बजेट २०२४: राज्यवासीहरूका लागि विभिन्न प्याकेज र योजनाहरू घोषणा

West-Bengal-Assembly-copy


कोलकाता:
पश्चिम बंगालको बजेट आज (८ फरवरी) विधानसभामा प्रस्तुत भइरहेको छ। दिउँसो ३ बजे राज्यकी अर्थमन्त्री चन्द्रिमा भट्टाचार्यले बजेट प्रस्तुत गर्न थालेकी हुन्। तृणमूल कांग्रेसका विधायकहरूले राज्य गान गाए भने विपक्षमा भाजपाका विधायकहरूले एकै समयमा राष्ट्रगान गाए। राज्य संगीत शुरु हुनेबित्तिकै भाजपाका विधायकहरूले राष्ट्रिय गान गाउन थाले। यससँगै उनीहरूले जय हिन्दको नारा पनि लगाए। मुख्यमन्त्री ममता ब्यांरजीले यसलाई देशको अपमान भनेकी छिन्। होहल्ला बीचमा, मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘यो भाजपाको पार्टी कार्यालय होइन। यो विधानसभा हो। बजेट त्यहीँ होस्, जे भन्न मन लाग्छ, बजेटपछि भन्नुहोस्l’ भाजपाको विरोधका कारण अर्थमन्त्रीले बारम्बार आफ्नो बजेट भाषण रोक्नु पर्यो। यसमा मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘बजेट किन पेश हुन नदिने? के तपाईहरु डराउनुभएको छ?’ मुख्यमन्त्रीले भाजपाका विधायकहरूलाई चेतावनी दिँदै भनिन्, ‘यदि यो जारी रह्यो भने हामी पनि संसदमा बजेट पेश गर्न अनुमति दिने छैनौंl’ यसैबीच, हंगामाका कारण अर्थमन्त्रीले बजेट पढ्न रोकेपछि अध्यक्षले बजेट पढ्नु, अवरोध नगर्नू भने।

बजेटका मुख्य बुँदाहरू: लक्ष्मी भण्डारको सीमा रु ५०० बाट बढाएर रु १००० पुर्याइएको छ। चार प्रतिशत डीए वृद्धि घोषणा गरियो। आदिवासी समुदायका महिलालाई भत्ता रु १२०० गरियो। अर्थमन्त्रीले भनिन्, ‘केन्द्रसँग हाम्रो बक्यौता छ, राज्यका जनता जीविकोपार्जनबाट वञ्चित छन्, राज्य सरकारले २८ हजार कर्म दिवस गरेको छ। स्वरनिर्भर गोष्ठीमा महिलाको संख्या १६ लाखबाट २२ लाख पुर्याउने छ। राज्य सरकारले नयाँ योजना ‘कर्मश्री’अन्तर्गत ५० दिनको काम सिर्जना गर्नेछ। यो भाजपा नेतृत्वको केन्द्र सरकारले मनरेगा योजनाअन्तर्गत बंगालको उचित हक बन्द गरेपछि आएको हो। चाय सुन्दरी योजनाअन्तर्गत मजदुरलाई घर बनाउन १.२० लाख रुपियाँ दिइनेछ। प्रवासी कामदारहरूको लागि पश्चिम बंगाल प्रवासी श्रमिक कल्याण योजना ल्याइएको छ। कर्मसाथी पर्यायी श्रमिक पोर्टलअन्तर्गत हालसम्म २८ लाख आप्रवासी कामदार दर्ता भएका छन्। पश्चिम बंगाल निर्यात प्रवर्द्धन नीतिअन्तर्गत, पश्चिम बंगाललाई भारतको ग्लोबल ट्रेडिङ हब बनाउने लक्ष्य छ। औद्योगिक हब तयार हुँदैछ। ६ वटा औद्योगिक तथा आर्थिक करिडोर निर्माण गरिनेछ। तृणमूल सरकार आउनुअघि राज्यमा गरिबीको स्तर ५७.६० प्रतिशत थियो, अहिले ८.६० प्रतिशतमा झरेको छ।

लक्ष्मी भण्डार मासिक ५०० बाट एक हजार र मासिक एक हजारबाट १२ सय पुर्याइयो। सरकारले यसका लागि १२ हजार करोड रुपियाँ विनियोजन गरेको छ। बढेको रकम मईदेखि महिलाहरूको हातमा जानेछ। जालहारीहरूका लागि समुद्र साथी नयाँ योजना घोषणा गरियो। भविष्य क्रेडिट कार्ड ब्याज अनुदान योजना पेश गरियो। यसअन्तर्गत युवा उद्यमीले  चार प्रतिशतको समान ब्याजदरमा १०० प्रतिशत ग्यारेन्टीसहित पाँच लाख रुपियाँसम्म ऋण पाउनेछन्। आउँदो केही वर्षहरूमा १० लाख युवा उद्यमीहरूई लाभान्वित हुनेछन्। युवाहरूका लागि नयाँ प्रशिक्षु योजना ल्याइयो। यसअन्तर्गत १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई उद्योगसम्बन्धी तालिम दिइनेछ। मनरेगा मजदुरहरूक लागि ३७ सय करोड रुपियाँ खर्च गरिनेछ र २१ लाख कामदारहरूलाई पैसा दिइनेछ। कर्मश्री नयाँ योजनाको घोषणा, कर्मश्री योजनाअन्तर्गत रोजगार कार्ड धारकहरूलाई ५० दिनको रोजगारी सुनिश्चित गरिनेछ। यो मई महिनाबाट शुरु हुनेछ। अब १२ को सट्टा ११ देखि विद्यार्थीलाई ट्याब वा स्मार्ट फोन दिइनेछl कृषि क्षेत्रमा ठूलो घोषणा गरियो। त्यहाँ दुई हजार फार्म मेसिनरी हब र कस्टम हायरिङ सेन्टरहरू हुनेछन्। ३० लाख किसान लाभान्वित हुनेछन्। यसका लागि ४५० करोड रुपियाँ विनियोजनको प्रस्ताव छl अल्पसंख्यक संस्कृति विकास केन्द्र तयार हुनेछ। जमिनलाई लीज होल्डबाट फ्रीहोल्डमा रूपान्तरण विस्तार गर्ने। अब सबै सरकारी विभाग, स्थानीय र ग्रामीण निकायहरूमा लागू हुन्छ। यसका लागि अनलाइन प्लेटफर्म खोलिनेछ। प्रवासी कामदारले पनि अब स्वास्थ्य साथीको सुविधा पाउनेछन्। यसबाट २८ लाख मजदुर लाभान्वित हुनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement