फ्रेञ्च कपको क्वार्टर फाइनलमा पुग्यो पीएसजी

IMG-20240208-WA0120.jpg

पेरिस: स्टार स्ट्राईकर कीलियन एम्बाप्पेले यस सीजनको आफ्नो ३०औं गोल गरे, जसले उनको टीम पेरिस सेण्ट जर्मेन (पीएसजी)-ले ब्रेस्टलाई ३-१-ले पराजित गरी फ्रेञ्च कप फूटबल प्रतियोगिताको क्वार्टर फाइनलमा स्थान बनायो। यस जीतको साथै पीएसजी-को अजेय अभियान १५ म्याचसम्म पुग्यो। पीएसजी-सँग गत वर्ष जून महिना अनुबन्ध समाप्त भएपछि रियल म्याड्रिड जाने अड़कलबाजीहरूबीच एम्बाप्पेले यस सीजनमा असाधारण प्रदर्शन गरेका छन्। ओप्टा-को आँकड़ा अनुसार, एम्बाप्पेले फ्रेञ्च कपको २८ वटा म्याचमा ३५ गोल गर्नको साथै १५ वटा एसिस्ट पनि गरेका छन्। उनले गत चारवटा म्याचमा मात्र ११ गोल गरिसकेका छन्। ब्रेस्ट विरुद्ध बुधवार राति खेलिएको म्याचमा पनि उनले ३४औं मिनटमा पीएसजी-को निम्ति गोलको खाता खोले। त्यसपछि तीन मिनटपछि डानिलो परेराले टीमको बढ़तलाई दोब्बर पारे।

पीएसजी-ले मध्यान्तर अघि नै तेस्रो गोल हासिल गर्ने मौका पाएको थियो तर एम्बाप्पेको शट् क्रसबारमा लागेर फर्कियो। मध्यान्तरपछि स्टीव मौनीले ६५औं मिनटमा ब्रेस्टलाई म्याचको एकमात्र गोल दिलाए। अन्तमा कोनकालोस रामोसले अन्तिम क्षणमा अझ एक गोल गरी पीएसजी-लाई ३-१-ले जीत दिलाए। अन्य म्याचहरूमा सातपल्टका च्याम्पियन लियोनले लिलीलाई २-१-ले पराजित गरी क्वार्टर फाइनलमा स्थान बनायो। यसरी नीसले मोण्टपेलियरलाई ४-१-ले पराजित गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *