सरूगॉंउ नम्बर ३ प्राथमिक विद्यालयलाई ‘स्वच्छ विद्यालय पुरस्कार’

बीरपाड़ा: गत २७ जुलाईको दिन डुवर्सकन्यामा आयोजित जिल्ला स्तरीय स्वच्छ विद्यालय पुरस्कार समारोहमा सरूगॉंउ नम्बर ३ प्राथमिक विद्यालयले पनि विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्थामा उक्त पुरस्कार प्राप्त गरेका छ|

अलिपुरद्वार जिल्लाका मोठ ६ वटा खण्डका शहरी अनि ग्रामीण क्षेत्रका विद्यालयहरूलाई लिएर जिल्ला स्तरीय स्वच्छ विद्यालय पुरस्कार कार्यक्रम सम्पन्न भएको थियो| मदारीहाट खण्डका सरूगाव नम्बर ३ प्राथमिक विद्यालय, दुम्सीपाडा बड़ालाइन नेपाली प्राथमिक विद्यालय, वीरपाडा हाई स्कूल, सन्त मेरी गोरेथी विद्यालय, भगत राम विद्यापीठले स्वच्छ विद्यालय पुरस्कार प्राप्त गरे| उक्त विद्यालयका भारप्राप्त शिक्षक राजकुमार छेत्री अनि सहशिक्षक ध्रुव सिंह भुजेलले कार्यक्रममा उपस्थित अतिथिहरूको बाहुलीबाट प्रमाण पत्र, ट्रफी ग्रहण गरेका थिए|

आज उक्त विद्यालयले विद्यालय समिति, शिक्षकहरू अनि विद्यार्थीहरूलाई लिएर धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरियो| भारप्राप्त शिक्षकले राजकुमार छेत्रीले भने, सारूगॉंउ ३ नम्बर प्राथमिक विद्यालयको जंगल नजिक हुनाले हात्तीको आक्रमणबाट धेरै पल्ट क्षति भोग्न परेको बताए| तरै पनि विद्यालयलाई स्वच्छ अनि अनुशासित ढङ्गमा सञ्चालन गर्नुमा सह शिक्षकहरूको ठुलो हात रहेको पनि बताए| तिनले सम्पूर्ण शिक्षक-शिक्षिकाहरू तथा विद्यालय समितिलाई धन्यवाद दिए|

गत २०१३ सालमा पनि उक्त विद्यालयले निर्मल विद्यालयको पुरस्कार प्राप्त गरिसकेको तिनले बताए| विद्यालयलाई अझ सुन्दर बनाउने तथा भविष्यमा पनि अझ अन्य पुरस्कारको प्राप्त गर्ने लक्ष्य राखेर कार्य गर्ने पनि भारप्राप्त शिक्षक राजकुमार छेत्रीले बताए| आज विद्यालयमा एकार्कालाई शुभकामना बाट्दै खुशी मनाउदै मिठाई वितरण गरियो|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *