राजस्थान बजेट: ४५० रुपियाँ, महिला र विद्यार्थीहरूका लागि विशेष आर्थिक योजना

Rajasthan-copy

राजस्थान: राजस्थान सरकारले आज विधानसभामा अन्तरिम बजेट प्रस्तुत गर्दैछ। राज्य सरकारका उपमुख्यमन्त्री तथा अर्थमन्त्री दिया कुमारीले बजेटमा समेटिएका योजनासँगै विकास निर्माणका कामको घोषणा गरिरहेकी छिन्। करिब २२ वर्षपछि अर्थमन्त्रीले विधानसभामा बजेट प्रस्तुत गर्दैछन्। यसअघि मुख्यमन्त्रीले मात्रै बजेट प्रस्तुत गर्दै आएका थिए। आज दिया कुमारीले धेरै ठूला घोषणा गरेकी छिन्। जसमा महिला र केटीहरूको उत्थानका लागि योजनाहरू समावेश छन्। आर्थिक रुपमा कमजोर विद्यार्थीलाई कक्षा एक देखि आठसम्मका सबै विद्यार्थी र कक्षा नै देखि १२ सम्मका सबै छात्रालाई वार्षिक एक हजार रुपियाँ दिइनेछ। यसबाट ७० लाख विद्यार्थी लाभान्वित हुनेछन्। यसबाहेक गरिब परिवारमा छोरी जन्मेमा सरकारले एक लाख रुपियाँको बोन्ड दिने भएको छ। यसका लागि राज्य सरकारले लाडो योजना शुरु गर्नेछ। लखपति दिदी योजनाअन्तर्गत राज्यका महिला स्व-सहायता समूहमा रहेका पाँच लाख परिवारको आय वार्षिक एक लाख रुपियाँभन्दा बढी पुर्याउने लक्ष्य राखिएको छ।

यसबाहेक दिया कुमारीले आफ्नो बजेटमा प्रधानमन्त्री मातृ वन्दन योजनाअन्तर्गत गर्भवती महिलालाई ६५०० रुपियाँ सहयोग गर्ने घोषणा गरेकी छिन्। राज्यका गरिब महिलालाई साढे चार सयमा एलपीजी सिलिण्डर दिएर ७३ लाख परिवारलाई राहत प्रदान गरिएको छ। यसबाहेक, राजस्थान सरकारले आफ्नो अन्तरिम बजेटमा लाडली सुरक्षा योजना शुरु गर्ने घोषणा गरेको छ। प्रत्येक जिल्लाका सार्वजनिक स्थानमा सीसीटीभी क्यामेरा जडान गरिनेछ। केटीहरूको लागि आत्मरक्षा योजनालाई प्रोत्साहन गरिनेछ। दीया कुमारीले बजेट भाषणमा कांग्रेसमाथि कडा प्रहार गरेकी छिन्। उनले अघिल्लो सरकारका कारण राजस्थानमा ठूलो ऋण रहेको बताइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *