विराट कोहली ईंग्ल्याण्ड विरुद्ध तेस्रो र चौथो टेस्ट पनि नखेल्ने सम्भावना

IMG-20240208-WA0095.jpg

नयाँ दिल्ली: भारत र ईंग्ल्याण्डबीच जारी पाँचवटा टेस्ट म्याचको सीरीज अहिले १-१-को बराबरीमा रहेको छ। सीरीजको पहिलो दुईवटा टेस्ट म्याचमा भारतका स्टार ब्याटर विराट कोहलीले हिस्सा लिएनन्, जो व्यक्तिगत कारणहरूले गर्दा टीमबाट बाहिर रहेका छन्। यसबीच अहिले प्राप्त जानकारीहरू अनुसार, कोहलीले तेस्रो र चौथो टेस्टमा हिस्सा लिने सम्भावना पनि कम्ती नै रहेको छ, जुन राजकोट र राँचीमा खेलिनेछ। यतिमात्र नभएर कोहली सीरीजको पाँचौं तथा अन्तिम टेस्टबाट पनि बाहिर रहन सक्छन्, जुन ७ मार्चदेखि धर्मशालामा खेलिनेछ। यसबारे भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले चाहिँ अहिलेसम्म कुनै बयान जारी गरेको छैन। यसबीच चोटले गर्दा दोस्रो टेस्ट खेल्नदेखि वञ्चित हुने स्टार अलराउण्डर रविन्द्र जडेजा र मध्यक्रमका ब्याटर केएल राहुल चाहिँ चाँड़ै टीममा सामेल हुनेछन्। भारतीय टीममा कोहलीको अनुपस्थितिलाई लिएर रोयल च्यालेञ्जर्स बेंगलोरमा उनका पूर्व साथी एबी डीभिलियर्सले केही दिन अघि केही खुलासा गरेका थिए। डीभिलियर्सले एउटा इण्टरभ्यूमा उनको कोहलीसँग कुराकानी भएको अनि चिन्ता गर्ने केही नरहेको बताएका थिए। यसको साथमा दक्षिण अफ्रिकाका यस पूर्व क्रिकेटरले कोहली दोस्रोपल्ट पिता बन्न गइरहेको अनि परिवारलाई समय दिन खेलबाट ब्रेक लिएको बताएका थिए।
रोहित र श्रेयससँग मौकाः
तेस्रो टेस्टको आयोजन स्थल राजकोटको मैदानलाई ब्याटरहरूका स्वर्ग मानिन्छ। यसैकारण पहिलो दुईवटा टेस्टमा खराब प्रदर्शन गर्ने भारतीय कप्तान रोहित शर्मा र मध्यक्रमका ब्याटर श्रेयस अय्यरमाथि सबैको नजर रहनेछ। यी दुई खेलाड़ीसँग रन बनाउने मौका रहनेछ। रोहितले जारी सीरीजमा एउटा अर्द्धशतक पनि बनाएका छैनन्। यसरी श्रेयसले पनि ठूलो स्कोर बनाउने आवश्यकता रहेको छ। यसरी अनक्याप्ड खेलाड़ी सरफराज खान पनि मौकाको प्रतीक्षामा रहेका छन्। दोस्रो टेस्टमा उनले चोटग्रस्त शुभमन गिलको स्थानमा केही समयको निम्ति फील्डिंग चाहिँ गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *